राप्रपाले पाँच प्रदेशमा अध्यक्ष र उपाध्यक्षको मनोनयन गर्यो
वि.सं.२०७७ फागुन २६ बुधवार १८:००
shares

राप्रपाका अध्यक्ष त्रयले पार्टीको अन्तरिम विधानअनुसार पाँचै प्रदेशमा प्रदेश अध्यक्ष र उपाध्यक्ष नियुक्त गरेका छन् । प्रदेश-१ मा अध्यक्षमा राम थापा, उपाध्यक्षमा सगुन सुन्दर लावती, प्रदेश-२ मा अध्यक्षमा रामचन्द्र राय, उपाध्यक्षमा महेश लाल महासेठ चयन भएका हुन् । त्गयसैगरी, गण्डकी प्रदेश अध्यक्षमा हेमजंग गुरुङ तथा उपाध्यक्षमा महेश्वर रोक्का मनाेनित भएका भने लुम्बिनी प्रदेश अध्यक्षमा प्रदीप कुमार उदय, उपाध्यक्षमा कैलाश गुरुङ चुनिएका हुन् ।
कर्णाली प्रदेशमा अध्यक्षमा दिप बहादुर शाही तथा उपाध्यक्षमा जनक सिंह ठकुरी मनाेनित भएकाे राप्रपाद्वारा बुधबार जारी विज्ञप्तिमा जनाइएको छ । बाँकी दुई प्रदेशको पनि छिट्टै मनोनयन हुने राप्रपाले जनाएको छ ।

























