global ime bank Long Banner Ad

गृहपृष्ठ मेलम्चीको पानीले बागमतीको बहाव बढ्दै, सफाइमा सुधार

मेलम्चीको पानीले बागमतीको बहाव बढ्दै, सफाइमा सुधार

मेलम्चीको पानीले बागमतीको बहाव बढ्दै, सफाइमा सुधार

मेलम्ची खोलाबाट २६.५ किमी लामो सुरुङ हुँदै ल्याइएको पानी सुन्दरीजल प्रशोधन केन्द्रबाट बागमतीमा हालिएपछि पानी बढेको छ । मेलम्ची खोलाबाट २६० लिटर पानी प्रतिसेकेण्ड आएको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ ।

यही फागुन २२ गते शनिबार बेलुकी प्रधानमन्त्री केपी शर्मा ओलीले पानी बागमतीमा हालेपछि पशुपति क्षेत्रसम्मको नदी केही सफा देखिएको छ । नदीमा जमेको कालो लेदो बागमतीमा बहाव बढेपछि बगाएको देखिएको अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका सञ्चालक सदस्य डा. माला खरेलले जानकारी दिए । बागमतीमा मेलम्चीको पानी हालेपछि बहाव बढेको देखिए पनि नदीको चौडाइ फराकिलो भएको स्थानमा भने ढाकिएको छैन । 

यही फागुन २६ गतेदेखि मेलम्चीको पानी बहाव बढाएर पशुपतिसम्म स्वच्छ बनाउने योजना रहेको प्रधामन्त्री ओलीले कार्यक्रममा सुनाएका थिए । सुरुङ नभरिएसम्म पानी नबढाइने मेलम्ची खानेपानी आयोजनाका इञ्जिनीयर बर्मलाल राजभण्डारीले जानकारी दिए ।

वर्षामा आकाशको पानीले बागमती भरिने गरे पनि हिउँदमा नदी कुलोमा सीमित हुन्छ । सुन्दरीलबाट उपत्यकामा खानेपानी ल्याइएपछि बागमतीमा थोरै पानी बग्ने गरेको छ । हिउँदमा पनि नदीमा पानी बगाउन शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जमा बाँध निर्माण भइरहे पनि पूरा हुन सकेको छैन । नदी सफा बनाउन पानीको बहाव बढाइनुपर्ने आवाज उठे पनि पूरा हुन सकेको छैन । 
 

प्रकाशित समय : १९:४३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु