गृहपृष्ठ क्लासिक टेकको १०१औं आउटलेट नेपालगंजमा स्थापना
क्लासिक टेकको १०१औं आउटलेट नेपालगंजमा स्थापना
नेपालको अग्रणी र ठूलो नेटवर्क भएको इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेक प्रालिले आफ्नो १०१औं आउटलेट लुम्बिनी प्रदेशको प्रमुख बजार नेपालगंजमा स्थापना गरेको छ । कम्पनीले लुम्बिनी प्रदेशका आफ्ना ग्राहकहरुलाई प्रत्यक्ष र सहज रुपमा सेवा उपलब्ध गराउने उद्देश्यले आफ्नो नयाँ आउटलेट सञ्चालनमा ल्याएको हो ।
क्लासिक टेकका प्रमुख सेल्स एण्ड मार्केटिङ अफिसर विनय कुमार अधिकारी तथा कम्पनीका फाइबर प्रमुख चम्पक खड्काले संयुक्त रुपमा नेपालगंज आउटलेटको उद्घाटन गरेका थिए । आउटलेटमा बिल्लिङ कस्टुमर सपोर्ट, फाइबर स्टाफ र मार्केटिङ गरेर ४५ जना स्टाफ राखिएको छ ।
नेपालगंजको पुस्पलाल चोकबाट ३०० मिटर उत्तरमा रहेको नयाँ आउटलेटबाट कम्पनीले आसपासका हरेक साना गाउँहरुमा आफ्नो सेवा विस्तार गर्ने योजना लिएको छ । यसअघि नै नेपालगंज क्षेत्रमा बैंक तथा वित्तीय संस्थाहरुलाई इन्टरनेट उपलब्ध गराउँदै आएकोमा अब भने कम्पनीले सर्वसाधारण ग्राहकहरुलाई समेत इन्टरनेट सेवा उपलब्ध गराउनेछ । घरायसी प्रयोजन, साना कार्यालयहरु र कर्पोरेट कम्पनीहरुका लागि समेत सो सेवा उपलब्ध हुने क्लासिक टेकले जनाएको छ ।
कम्पनीले नेपालकै सबैभन्दा सस्तो धमाकेदार अफर नेपालगंजको लागि पनि उपलब्ध गराएको छ र अब यो सेवा स्थानीयवासीले समेत लिनसक्ने भएका छन् । प्रमुख सेल्स एण्ड मार्केटिङ अफिसर अधिकारीले नयाँ शाखा सञ्चालनमा आएसँगै नेपालगंजका ग्राहकहरुलाई छिटोछरितो सेवा उपलब्ध गराउने बताए । ‘अरु इन्टरनेट सेवा प्रदायकहरुको भन्दा उत्कृष्ट मूल्यमा हामी तीव्र गतिको इन्टरनेटका साथै उत्कृष्ट ग्राहक सेवा दिनेछौं,’ उनले भने ।
कम्पनीले धमाकेदार अफरअन्तर्गत २० एमबीपीएस स्पीडको इन्टरनेट केबल ७९९ प्रतिमहिनामा उपलब्ध गराउँदै आएको छ । जसका साथमा १५० टीभी च्यानलहरु र युट्युबसमेत हेर्न सकिने सुविधा रहेको छ ।
प्रकाशित समय : १७:४४ बजे


















