global ime bank Long Banner Ad

गृहपृष्ठ कोभ्याक्स सुविधाको ३ लाख ४८ हजार खोप काठमाडौं आइपुग्यो

कोभ्याक्स सुविधाको ३ लाख ४८ हजार खोप काठमाडौं आइपुग्यो

कोभ्याक्स सुविधाको ३ लाख ४८ हजार खोप काठमाडौं आइपुग्यो

कोभ्याक्स सुविधाअन्तर्गत प्राप्त हुने कोभिड- १९ विरुद्धको खोपको पहिलो खेप नेपालले प्राप्त गरेको छ । विभिन्न देशका सरकार, अन्तर्राष्ट्रिय संस्था तथा निजी क्षेत्रको सहयोगमा संयुक्त राष्ट्रसंघीय बालकोष (युनिसेफ) र विश्वस्वास्थ्य संगठनको समन्वयमा कोभ्याक्स सुविधाको खोप  सरकारलाई आइतबार प्राप्त भएको हो ।

कोभ्याक्सले नेपाललाई प्रदान गर्ने १९ लाख २० हजार मात्रा खोपमध्ये पहिलो चरणमा आज सेरम इन्स्टिट्युट अफ इन्डियाले उत्पादन गरेका तीन लाख ४८ हजार मात्रा अस्ट्राजेनेका खोपका साथै तीन लाख ५० हजार थान सिरिन्ज र तीनहजार पाँचसय थान सुरक्षित खोप बाकस स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा आजै हस्तान्तरण गरिएको छ । कोभ्याक्सका प्राविधिक एवं आर्थिक साझेदारका प्रतिनिधिहरूको उपस्थितिमा खोप हस्तान्तरण गरिएको हो ।

कोभ्याक्स सुविधाका लागि अस्ट्रेलिया, फिनल्यान्ड, फ्रान्स, जर्मनी, जापान, कोरिया, नर्वे, कतार, साउदी अरेबिया, स्विट्जरल्याण्ड, बेलायत, अमेरिका तथा युरोपेली आयोगका साथै विभिन्न सामाजिक संस्था तथा व्यापारिक प्रतिष्ठानहरूले सहयोग गरेका छन् ।

प्रकाशित समय : २२:४४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु