global ime bank Long Banner Ad

गृहपृष्ठ ब्राजिलमा कोरोनाका कारण एकै दिनमा १५ सयको मृत्यु

ब्राजिलमा कोरोनाका कारण एकै दिनमा १५ सयको मृत्यु

ब्राजिलमा कोरोनाका कारण एकै दिनमा १५ सयको मृत्यु

ब्राजिलमा कोरोनाभाइरसका कारण एकै दिनमा थप १५ सयभन्दा बढीको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका अधिकारीहरुले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा एक हजार ५५५ जनाको मृत्यु भएको हो ।

योसँगै ब्राजिलमा कोरोनाका कारण अहिलेसम्म मृत्यु भएकाहरुको संख्या दुई लाख ६४ हजार ३२५ पुगेको मन्त्रालयले जनाएको छ । ब्राजिलमा एकै दिनमा ६९ हजार ६०९ जना कोरोनाभाइरसबाट संक्रमित भएको पुष्टि गरिएको छ । योसँगै कुल संक्रमितको संख्या एक करोड नौ लाख ३८ हजार पुगेको छ । 

दक्षिण अमेरिकी मुलुकमध्ये ब्राजिलमा मात्रै एकै दिनमा सबैभन्दा धेरैको मृत्यु भएको हो । यसअघि गत बुधबार एकै दिन एक हजार ९१० जनाको मृत्यु भएको थियो ।
 

प्रकाशित समय : २१:१४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु