global ime bank Long Banner Ad

गृहपृष्ठ नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेडको ३५औं वार्षिकोत्सव

नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेडको ३५औं वार्षिकोत्सव

नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेडको ३५औं वार्षिकोत्सव

नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेड (एनआईबीएल) स्थापनाको ३५ औं वर्षको कोशेढुंगा पार गरेको छ, देशका सातै प्रदेशहरूमा फैलिएका ८७ शाखा, ३० एक्सटेन्सन काउन्टर, ५९ शाखारहित बैंकिङ केन्द्र र १३० एटीएममार्फत गुणस्तरीय बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

विगत ३५ वर्षको अवधिमा २९ अर्ब रुपैयाँको पुँजीगत आधारका साथमा संगठित क्षेत्र (कर्पोरेट), साना तथा मझौला उद्यम (एसएमई) र व्यक्तिगत ग्राहकहरू गरी १२ लाखभन्दा अधिक ग्राहकहरूलाई सेवा पुर्‍याइ सकेको छ र यस अवधिमा १६९ अर्ब रुपैयाँको निक्षेप संकलन तथा १५५ अर्ब रुपैयाँको कर्जाको पोर्टफोलियो कायम गर्दै विपन्न वर्ग तथा राष्ट्रिय राष्ट्रिय प्राथमिकताका क्षेत्रहरूमा बैंकिङ सुविधा उपलब्ध गराइ राष्ट्रिय अर्थतन्त्रको उत्थानमा योगदान पुर्‍याउँदै आएको छ । बैंकले ५ अर्ब रुपैयाँभन्दा बढीको देशभरी वित्तीय आवश्यता बढिरहेका ३० हजारभन्दा बढी व्यक्तिलाई लघु कर्जा उपलब्ध गराएको छ ।

‘ऋण सिधा’ हजारभन्दा बढी व्यक्तिको लागि प्रदान गरेको छ । जुन खाँचोमा परेका देशका लागि र बैंकको ३५ औं वार्षिकोत्सवको यस शुभ अवसरमा, बैंक कोभिड–१९ को विश्वव्यापी महामारीका समयमा स्वास्थ्यकर्मी र अग्रस्थानमा रहेर काम गर्ने श्रमिकहरूप्रति ऐक्यवद्धता प्रकट गर्नका लागि ‘सम्मान र्‍याली’ को आयोजना गर्‍यो । यसबाहेक, बैंकले स्वास्थ्यकर्मीहरूको लागि उचित ब्याजदरा प्रबर्धनात्मक कर्जा योजना पनि सुरुवात गरेको छ ।

बैंकले डेबिट कार्ड, ईएमआइसहित क्रेडिट कार्ड, लकर, ई कमर्श (ई–कम)/अनलाइन भुक्तानी र एसएमई/खुद्रा कर्जा आदि बैंकिङ सेवाहरूमा ६५ प्रतिशतको विशेष छुट प्रदान गर्नेछ । यस अवसरमा बैंकले आफ्नो तेस्रो चित्रकथा (कमिक) पुस्तक ‘हाम्रोे सुख–दुःखका साथी, बैंक कति जाति’ नामक पुस्तक पनि सार्वजनिक गरेको छ । यो पहलअन्तर्गत ‘चिडियाखानाको भ्रमण’ र ‘बैंकसँगको नाता, मेरो आफ्नै बचत खाता,’ शीर्षकका चित्रकथा पुस्तक सार्वजनिक गरिसकिएका छन्, यी चित्रकथा पुस्तकहरु विगतका वार्षिकोत्सवमा वित्तीय साक्षरता अभिवृद्धिका लागि प्रकाशन गरिएका हुन् ।

यस अवसरमा नेपाल इनभेस्टमेन्ट बैंक लिमिटेड सम्पूर्ण ग्राहक महानुभाव, सरोकारवाला तथा नियामक निकायका अधिकारीहरूप्रति सहयोग र मार्गदर्शनका लागि हार्दिक धन्यवाद र आभार व्यक्त गर्दछ ।

प्रकाशित समय : ००:०३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु