गृहपृष्ठ चन्द समूहका जिल्ला इन्चार्ज पक्राउ
चन्द समूहका जिल्ला इन्चार्ज पक्राउ
सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द समूहका मुस्ताङ जिल्ला इन्चार्ज पदम पुन 'फिल्टर' म्याग्दीबाट पक्राउ परेका छन् । म्याग्दीको मालिका गाउँपालिका २ बाट पुनलाई इलाका प्रहरी कार्यालय दरवाङको टोलीले बिहीबार साँझ पक्राउ गरेको हो ।
पुनलाई बिहीबार साँझ नै बेनी ल्याइएको छ । प्रहरी नायब उपरीक्षक राईले राज्यविरुद्धको अपराधमा संलग्न भएको अभियोगमा पुनलाई पक्राउ गरिएको बताए ।
पुन एनसेलको टावर, डोजरलगायत निर्माण उपकरणमा आगजनी, चन्दा असुलीलगायतका गतिविधिमा संलग्न भएको प्रहरीको आरोप छ । पुन म्याग्दीको मालिका गाउँपालिका ३ का बासिन्दा हुन् ।
उनी चन्द समूहको मुस्ताङ जिल्ला इन्चार्ज रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । चन्द समूह र सरकारबीच वार्ताको चर्चा चलिरहेका समयमा पुन पक्राउ परेका छन् । सरकारले चन्द समूहलाई दुई वर्षदेखि प्रतिबन्ध लगाएको छ ।
प्रकाशित समय : १३:१९ बजे



















