गृहपृष्ठ एनआइसी एशिया बैंकद्वारा घातक रोगको उपचारबापत बिमा रकम भुक्तानी
एनआइसी एशिया बैंकद्वारा घातक रोगको उपचारबापत बिमा रकम भुक्तानी
एनआइसी एशिया बैंकले ग्राहकसमक्ष ल्याएको सुपर चमत्कारिक बचत खाता योजनाअन्तर्गत घातक रोगको उपचारबापत १० लाख रुपैयाँ बिमा रकम भुक्तानी गरेको छ । बैंकको काठमाडौंस्थित तीनचुली शाखामा सुपर चमत्कारिक बचत खाता ‘गोल्ड श्रेणी’को खाता खोलेका गोकर्णेश्वर नगरपालिका- ९ अत्तरखेलका ५७ वर्षीय केदार कुमार उदासलाई बिमा रकम भुक्तानी गरिएको हो ।
उदासलाई बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठीले उक्त रकम बराबरको चेक हस्तान्तरण गरे । उत्तरदायी बैंकिङको अभ्यास गर्दै आएको एनआइसी एशिया बैंकले खातावालालाई बचतसँगै बिमा सुविधा उपलब्ध गराउने उद्देश्यले उक्त बिमा रकम एभरेष्ट इन्स्योरेन्ससँगको सहकार्यमा खातावालालाई भुक्तानी गरिएको हो ।
हाल बैंकको न्यू प्रिमियम सुपर चमत्कारिक बचत खाता ‘डायमण्ड श्रेणी’का ग्राहकहरूलाई भविष्यमा आइपर्न सक्ने भवितव्यको लागि चाहिने आर्थिक स्रोतको जोहो गर्न बैंकले बिमा सुविधा प्रदान गर्दै आएको छ । यस बचत योजनामा १८ वटा विभिन्न घातक रोगको उपचारका लागि १० लाख, दुर्घटनाबाट पूर्ण रुपमा घाइते वा मृत्यु भएका व्यक्ति वा परिवारलाई १० लाख र मेडिकल जाँचमा हुने अस्पताल खर्चबापत १ लाख (अस्पताल भर्नामा ८० हजार र बहिरंग उपचारमा २० हजार)सँगै विभिन्न निःशुल्क सुविधासमेत ग्राहकहरूले पाउनेछन् । बैंकको बिमा सहितको निक्षेप योजनाअन्तर्गत अहिलेसम्म देशभरका ३९५ जनाभन्दा बढी ग्राहकहरूले बिमाबापत २ करोड ४८ लाख रुपैयाँभन्दा बढी रकम प्राप्त गरिसकेका छन् । यस किसिमका बिमासहितको बचत योजनाहरूबाट आमसर्वसाधारणलाई बचत गर्न थप प्रोत्साहन र प्रेरणा मिलेको बैंकले विश्वास लिएको छ ।
प्रकाशित समय : २३:५१ बजे



















