काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

दातृ निकायले दिएको रकम परिचालन भएन

15.08K
shares

काठमाडौँ, १० पुस-वैदेशिक आर्थिक सहायता प्रभावकारीरुपमा परिचालन नहुँदा अपेक्षाअनुसारको सोधभर्ना प्राप्त गर्न सकिएको छैन ।

वैदेशिक सहायता प्राप्त आयोजनाले अपेक्षित गति नलिँदा दातृ निकायले दिएको रकम परिचालन नभएको हो । अर्थ मन्त्रालय, अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखाका प्रमुख तथा सहसचिव वैकुण्ठ अर्यालका अनुसार चालू आर्थिक वर्षको पाँच महिनामा रु १८ अर्ब सोधभर्ना भएको छ ।

सरकारले चालू आवको बजेटमा रु ७२ अर्ब १६ करोड ७६ लाख २८ हजार वैदेशिक अनुदान र रु दुई खर्ब १४ अर्ब तीन करोड ५४ लाख २९ हजार वैदेशिक ऋण जुटाउने उल्लेख गरेको थियो । वैदेशिक सहायतामा निर्भर सिँचाइ, जलविद्युत्, सडकपूर्वाधार आयोजनाले गति लिन नसक्दा अपेक्षित शोधभर्ना लिन नसकिएको सहसचिव अर्याल बताउँछन् ।

मंसिरसम्ममा रु ९९ अर्ब ३७ करोड वैदेशिक सहयोगको प्रतिबद्धता प्राप्त भएको छ भने त्यसमध्ये रु ९४ अर्ब १८ करोड २० लाख सम्झौता भएको अर्थ मन्त्रालयले जनाएको छ । सरकारले अन्तर्राष्ट्रिय आर्थिक सहायता राष्ट्रिय आवश्यकता र प्राथमिकतामा परिचालन गर्ने बताएको थियो । संघीयता अनुकूल हुने गरी विकास सहायता पहिचान गर्ने विधि तय गरी कार्यान्वयन गरिने बजेटमा उल्लेख गरेको थियो ।