गृहपृष्ठ जलविद्युत्मा लगानी बढाउन आग्रह ःराष्ट्रपतिको भण्डारी
जलविद्युत्मा लगानी बढाउन आग्रह ःराष्ट्रपतिको भण्डारी
पुस, २१ -मुलुकको आर्थिक समृद्धिको लागि जलविद्युतमा लगानी गर्नुपर्ने राष्ट्रपति विद्यादेवि भण्डारीले सरकार र निजी क्षेत्रलाइ आग्रह गर्नु भएको छ ।
इपानले आयोजना गरेको हिमालयन हाइड्रा ए्रक्पो २०१८ को उदघाटन गर्दै राष्ट्रपति भण्डारीले दक्षिण एशियामा पहिलो विद्युत उत्पादन गर्ने मुलुक नेपाल भए पनि नेपाल पछाडी पर्नुका कारण खोजी गर्नुका साथै लगानी बढाउन सरोकारवालाको ध्यानाकर्षण गराउनु भयो ।
जलस्रोतको धनी देश नेपाल जलस्रोतको सदुपयोग गर्नु साथै ठुलो सम्भावना बोकेको यस क्षेत्रलाई प्रविधि, विधि र कार्यक्रममा समेटेर सरकार र निजी क्षेत्र मिलेर काम गर्नु पर्दछ । उहाले बताउनु भयो ।
विद्युत् आयातको अन्त गरी आत्मनिर्भरताको बाटोमा लाग्नुपर्ने भन्दै राष्ट्रपति भण्डारीले भरपर्दो ऊर्जाको आपूर्ति, प्रयोग तथा व्यवस्थापन गरेर मुलुकलाई सबल तथा सक्षम बनाउन लाग्नुपर्नेमा जोड दिनुभयो । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाले सन् २०३० सम्म विकसित मुलुक बनाउने लक्ष्य पूरा गर्न ऊर्जा क्षेत्रको विकास नै महत्वपूर्ण शर्त भएको बताउनुभयो ।
व्यापार घाटा कम गर्ने उपयुक्त माध्यम र विधि भनेकै ऊर्जा क्षेत्र भएकाले यसमा लगानी बढाउन, प्रविधिको खोजी गर्न निजी क्षेत्र लागिपर्ने उहाँको जोड थियो । नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्माले अब बन्ने सरकारले राजनीतिक स्थायित्व, आर्थिक समृद्धिको मार्ग प्रशस्त गर्दै ऊर्जा क्षेत्रको विकासमा लागि पर्ने विश्वास व्यक्त गर्नुभयो ।
आयोजक संस्थाका अध्यक्ष शैलेन्द्र गुरागाईंले ऊर्जा क्षेत्रको विकासका लागि नीति निर्माता, प्रविधिको हस्तान्तरण, लगानीका स्रोतको पहिचान तथा लगानीमैत्री वातावरणका लागि अवसर जुटाउने लक्ष्यका साथ प्रदर्शनी आयोजना गरिएको जानकारी दिनुभयो ।
तीन दिनसम्म सञ्चालन हुने प्रदर्शनीमा चीन, भारत, ब्राजिल, स्विडेन, इटली, दक्षिण कोरिया, नर्वेलगायतका मुलुकमा उत्पादन भएका जलविद्युत् क्षेत्रका नवीनतम प्रविधि तथा उपकरण राखिएका छन् । प्रदर्शनीमा करिब ५० हजार दर्शकले अवलोकन गर्ने अपेक्षा राखिएको आयोजक संस्थाले जानकारी दिएको छ ।
प्रकाशित समय : १८:४२ बजे