global ime bank Long Banner Ad
Global IME

गृहपृष्ठ पाकिस्तानले लिदै आएको सुरक्षा सहयोग अमेरिकाले रोक्ने

पाकिस्तानले लिदै आएको सुरक्षा सहयोग अमेरिकाले रोक्ने

पाकिस्तानले लिदै आएको सुरक्षा सहयोग अमेरिकाले रोक्ने

पुस, २१- अमेरिकाले पाकिस्तानलाई दिँदै आएको सुरक्षा बजेट रोक्न जानकारी दिए ।पाकिस्तानले इस्लामिक अतिवादी विरुद्धका कारबाही नगरेको भन्दै सो सहायता रोक्ने निर्णय अमेरिकाले गरेको समाचारमा जनाइएको छ ।

पाकिस्तानमा आतङ्क मच्चाइरहेका हक्कानी नेटवर्क र अफगानिस्तानका तालिबानका विरुद्धमा पाकिस्तानले सशक्त रुपमा काम गर्न नसकेको अमेरिकी विदेश मन्त्रालयको आरोप छ ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकाले भने अरबौँ डलरको सहयोग लिए पनि आतङ्कवादीलाई कारबाहीको सट्टा शरण दिएको आरोप लगाएका थिए ।

राष्ट्रपति ट्रम्पको यस्तो अभिव्यक्ति आएपछि पाकिस्तानको सो सहयोग रोक्ने बारेमा विशेष चर्चा सुरु भएको थियो । उता पाकिस्तानले भने इस्लामिक अतिवादीहरुका विरुद्धमा आफूले कारबाही जारी नै राखेको र ती सञ्जालहरूसँगको लडाईंमा देशले ठूलो क्षति ब्यहोरिहेको दाबी गर्ने गरेको छ ।

पाकिस्तानले अफगानिस्तानको सीमा क्षेत्रमा रहेका अफगान तालिबान र उसका सहयोगीहरूलाई अफगानिस्तानमा हमला नरोकेको गुनासो अमेरिकाले गरेको छ । सन् २००१ को सेप्टेम्बर ११ मा अमेरिकाको न्युयोर्कमा भएको हिंसात्मक हमलापछि पाकिस्तान पनि आतङ्कवाद विरुद्धको अमेरिकी अभियानमा जोडिएको थियो ।

प्रकाशित समय : १९:२० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु