global ime bank Long Banner Ad
Global IME

गृहपृष्ठ अदालतकाे मानहानी मुद्दामा डा. केसी पक्राउ

अदालतकाे मानहानी मुद्दामा डा. केसी पक्राउ

अदालतकाे मानहानी मुद्दामा डा. केसी पक्राउ

काठमाडौँ – डाक्टर गोविन्द केसीलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं प्रहरी परिसरबाट गएको टोलीले उनलाई पक्राउ गरेको हो । प्रधानन्यायाधीश गोपाल पराजुलीविरुद्ध अनसन बसेका डा. गोविन्द केसीलाई पक्राउ गरी मंगलबार बिहान ९ बजे अदालतमा उपस्थित गराउन सर्वोच्च अदालतले आदेश दिएपछि प्रहरीले पक्राउ गरेको हो ।

न्यायाधीश डम्बरबहादुर शाहीको एकल इजलासले ‘अदालतको अवहेलना’ मुद्दामा ‘केसीलाई पक्राउ गरी अदालतमा हाजिर हुन उपस्थित गराउनु’ भनी गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयको नाममा आदेश दिएको थियो ।

प्रहरी उच्च स्रोतका अनुसार केसीलाई पक्राउ गरी सिंहदरबार प्रहरी वृत्तमा राखिएको छ। स्रोतले भन्यो, ‘हामीले पक्राउ गरेका छौं। उहाँलाई सिंहदरबारमा राखिएको छ। सम्मानित अदालतको आदेश अनुसार भोलि सर्वोच्चमा उपस्थित गराइने छ ।’

प्रकाशित समय : २०:२८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु