global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ उत्पादनमूलक उद्योगमा बीस प्रतिशत छुटको माग

उत्पादनमूलक उद्योगमा बीस प्रतिशत छुटको माग

उत्पादनमूलक उद्योगमा बीस प्रतिशत छुटको माग

पुस, २५-बिस प्रतिशत आयकर छुट उपलब्ध गराउन निजी क्षेत्रले सरकारसंग माग गरेको छ ।

अर्थसचिव शंकरप्रसाद अधिकारी र राजस्व सचिव शिशीर ढुँगानासँग भेटी औद्योगिक व्यवसाय ऐनमा भएको व्यवस्थाअनुसार उत्पादनमूलक उद्योगका लागि दिएको आयकर सुविधा उपलब्ध गराउन माग गरेको हो ।

अध्यक्ष हरिभक्त शर्माको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले सचिवहरुसँगको संयुक्त भेटमा ०७३ मंसिरदेखि कार्यान्वयनमा आइसकेको औद्योगिक व्यवसाय ऐनको दफा २२ को उपदफा ९१० को खण्ड ९क० मा उत्पादनमूलक उद्योगबाट आर्जित आयमा लाग्ने करको २० प्रतिशतले छुट पाउने स्पष्ट व्यवस्था गरेकोले यसलाई कार्यन्वयनमा ल्याउन माग गरेको परिसंघले जनाएको छ ।

प्रकाशित समय : ०९:२१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु