global ime bank Long Banner Ad
Global IME

गृहपृष्ठ बुटवलदेखि पाल्पाको नुवाकोटगढीसम्म केवलकार बन्ने

बुटवलदेखि पाल्पाको नुवाकोटगढीसम्म केवलकार बन्ने

बुटवलदेखि पाल्पाको नुवाकोटगढीसम्म केवलकार बन्ने

काठमाडाैं – बुटवलदेखि पाल्पाको नुवाकोटगढीसम्म केवलकार संचालन हुने भएको छ। लामो समयदेखि जग्गा अभाव र बिवादकाबीच बनसमितिले जग्गा दिने सहमति भएपछि केवलकार संञ्चालनमा आउने टुंगो लागेको हो । केवलकार संचालनकालागि आवश्यक जग्गा प्राप्तिको प्रकृयामा रहेको सिद्धार्थ केबुलकार प्रालिले बुटवल सामुदायिक वन उपभोक्ता समुहबाट सहमति प्राप्त गरी नियमनकारी निकायमा सिफारिस गरेपछि केबलकार संचालनको पूर्व तयारी अन्तिम चरणमा पुगेको जनाएको छ ।

ऐतिहासिक एवं पुरातात्विक महत्व वोकेको मणि मुकुन्दसेन उद्यान फुलबारीदेखि उत्तरपुर्वपट्टिको देउरालीबाट पाल्पाको नुवाकोटगढीसम्म संचालन हुने सो केवलकारको लम्बाई २ किमि ९० मिटर रहने छ । १ अर्ब १० करोड रुपैयाँको लागतमा निर्माण हुन लागेको सो केवलकारको बेस स्टेशन शिखरदेउराली भन्ने स्थानमा रहने बताइएको छ। यस्तै टप स्टेशन पाल्पा जिल्लाको नुवाकोट डाँडामा रहनेछ ।

सन् २०२० को जनवरीसम्म निर्माण सम्पन्न गरी संचालनमा आउने महत्वाकांक्षी योजनाका साथ शुरु भएको सो केवलकारको संञ्चालन भएपछि प्रत्यक्ष ६० जना र अप्रत्यक्ष १ सय ५० जनाले रोजगारी पाउने कम्पनीले जनायो।स्थानीय बन उपभोक्ता समितिको सहमतिमा नेपाल सरकार, बन मन्त्रालयबाट आवश्यक जग्गा प्राप्तीपछि सो केवलकारको निर्माण यसै बर्ष शुरु हुने कम्पनीका संचालक इन्जिनियर राजेन्द्रसिंह गुरुङले बताए ।

गुरुङका अनुसार केवलकार संचालनका लागि आवश्यक जग्गा उपलब्ध गराउन बुटवल सामुदायिक वन उपभोक्ता समिति १–२ रुपन्देहीले सहमती दिइसकेको छ ।कम्पनीका कन्सल्टेण्ट एवं रोपवे नेपालका अध्यक्ष इन्जिनियर गुणराज ढकालका अनुसार अबको चार महिनापछि केवलकारको निर्माण शुरु हुनेछ। परियोजना निर्माण शुरु भएको १८ महिनामै सम्पन्न हुने समेत उनले बताए । सहमतिपछि जग्गा हस्तान्तरण, रुख कटानीका लागि अनुमती लगायतका आवश्यक प्रकृया पुरा गर्नका लागि करिब तीन महिना लाग्ने ढकालले बताए ।

बुटवलदेखि नुवाकोटगढीसम्म केवलकार संचालनपछि पुरानो बटौली बजार क्षेत्रको विकासमा टेवा पुग्ने बताइएको छ । शुरुमा दैनिक ५ हजार यात्रु बोक्ने क्षमता रहेको सो केवलकारको अधिकतम क्षमता दैनिक १० हजार यात्रु बोक्ने रहेको छ ।शुरुवातमा १ घण्टामा १ हजारका दरले स्वदेशी वा बिदेशी पर्यटक बोक्ने लक्ष्य सहित स्थापना हुन लागेको सो केवलकारमा अधिकतम ९० वटा डिब्बा रहने कम्पनीले जनाएको छ । पश्चिम नेपालका बिभिन्न जिल्लाहरुका साथै भारतका गोरखपुर, लखनउ, बनारस र बिहारका बिभिन्न स्थानका समेत गरी करिब ८ करोड जनसंख्या यसको लक्षित क्षेत्र रहेको कम्पनीले जनाएको छ।

यसैबीच सरोकारवाला पक्षका प्रतिनिधी सहितको सो उपभोक्ता समितिको बिशेष भेलाले केवलकार संचालनका लागि समितिबाट आवश्यक जग्गा उपलब्ध गराउने सम्बन्धमा सहमति प्रदान गर्ने र सम्बन्धित निकायमा सिफारिस गर्ने निर्णय गरेको छ ।बन उपभोक्ता समितिका पदाधिकारी तथा सदस्यहरु, बुटवल उपमहानगरपालिका वडा नम्बर १ र २ का वडाध्यक्ष सहितका जनप्रतिनिधिहरु, पुर्व वडाध्यक्षहरु, उपभोक्ता समुहका सल्लाहकार एवं पुर्व अध्यक्षहरु, आम उपभोक्ताहरु, बुद्धिजिवी, समाजसेवी, पत्रकार, सरोकारवाला निकायका प्रतिनिधी लगाएतको उपस्थिती रहेको सो भेलाले उक्त निर्णय गरेको हो ।

प्रकाशित समय : १२:४६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु