global ime bank Long Banner Ad

गृहपृष्ठ आलुको जात विकास

आलुको जात विकास

आलुको जात विकास

ललितपुर- नेपालमा पहिलो पटक आलुको जात कृषि अनुसन्धान परिषद९नार्क० ले विकास गरेको छ । अरु जातका बीउलाई क्रस गरेर नयाँ जातको आलुको बीउको विकास गरिएको राष्ट्रिय आलुबाली अनुसन्धान कार्यक्रमका वैज्ञानिक सञ्जीव गौतमले बताए । क्रस गरेर नयाँ जातकै रुपमा विकास गरिने उहाँका अनुसार, जिल्ला कृषि विकास कार्यालय, बीउ उत्पादक समूह, सहकारी हुँदै किसानसम्म बीउ पठाउने तयारीमा रहेका र कार्यक्रमले नयाँ बीउलाई बीउ गुणस्तर जाँच केन्द्रमा पठाएको केन्द्रले त्यसलाई स्वीकार गरेपछि वितरणका लागि सिफारिस गरिने । डढुवा र अ‍ैनजेरु नलाग्ने खालको आलुको जात विकास गरिएको जानकारी दिंदै उहाँले भन्नुभयो, “आलुमा लाग्ने रोग कम हुँदा किसानले राम्रो आम्दानी गर्न सक्नेछन् ।”

कार्यक्रमले अहिलेसम्म १० जातका आलुको बीउ किसानलाई वितरण गरेको छ । फरक ठाउँको हावापानी र मौसमअनुसार ती बीउ रोप्दा किसानले राम्रो उत्पादन लिनसक्ने। पछिल्लो समयमा डढुवा नलाग्ने जात नै कार्यालयले सिफारिस गरिरहेको आलु उत्पादन हुने क्षेत्रफलका हिसाबले नेपालको पाँचौं र उत्पादकत्वका हिसाबले पहिलो बाली हो । नेपालका अधिकांश जिल्लामा आलुको खेती हुनेगरेको छ ।

प्रकाशित समय : १५:१४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु