काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

बिपी स्मृति अस्पतालको नयाँ भवन प्रधानमन्त्रीद्वारा उद्घाटन

24K
shares

काठमाडौं -प्रधानमन्त्री शेरबहादुर देउवाले बसुन्धरास्थित बिपी स्मृति सामुदायिक सहकारी अस्पताल लिमिटेडको नयाँ भवन उदघाटन गर्नुभयो । १० औं वार्षिक साधारणसभाको अवसरमा प्रधानमन्त्री देउवाले आधुनिक तथा डिलक्स क्याबिनसहितको १०० शय्या, १७ आइसियू, १० भेन्टिलेटर र अत्याधुनिक ल्याबसहितको सुविधा सम्पन्न अस्पतालको उदघाटन गरिएको हो ।
प्रधानमन्त्री देउवाले नेपाली जनताले स्वस्थ्य सेवा पाउनुपर्ने र स्वस्थ्य हुन पाउनुपर्छ भन्ने बिपीको चाहनालाई अस्तपालले पूरा गर्ने विश्वास रहेको बताए ।

संघीय संरचनामा मुलुकलाई रुपान्तरण गर्ने क्रममा आफू नेतृत्वको सरकारले जनसवालका विषयमा निर्णय गर्न नपाएको बताए ।
आफू देश, जनता र प्रजातन्त्रका लागि समर्पित भएको उल्लेख गर्दै आगामी दिनमा पनि उक्त कार्यमा विचलित नहुने प्रतिबद्धता व्यक्त गरे ।

सो अवसरमा उपप्रधान तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठले स्वस्थ्य जनशक्ति तयार गर्न बिपी स्मृति अस्पतालले महत्वपूर्ण योगदान पु¥याउने विश्वास व्यक्त गर्दै आफूले अस्पताललाई निरन्तर सहयोग गर्ने बताए।

नेपाली काँग्रेसका नेता अर्जुननरसिंह केसीले आफूले बिपी स्मृति अस्पतालको स्थापनादेखि निरन्तर सहयोग गर्दै आएको उल्लेख गर्दै आगामी दिनमा अस्पतालले उच्चकोटीको सेवा दिने बताए ।

अस्पतालका अध्यक्ष केदारनरसिंह केसीले अस्पतालबाट आधुनिक सेवा उपलब्ध हुने विश्वास दिलाए । अस्पतालका महासचिव महेश्वर शर्मा पौडेलले दशौँ वार्षिक साधारणसभाको वार्षिक प्रतिवेदन पेश गर्नुका साथै आगामी वार्षिक कार्यक्रम प्रस्तुत गरे ।