global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ पराजित पूर्व राजदूत धन्यवाद दिन गाउँगाउँमा

पराजित पूर्व राजदूत धन्यवाद दिन गाउँगाउँमा

पराजित पूर्व राजदूत धन्यवाद दिन गाउँगाउँमा

जितपुर, कपिलवस्तु, ५ पुस (रासस) ः प्रतिनिधिसभा निर्वाचनमा पराजय भोगेका नेपाली काँग्रेसका नेता तथा पूर्वराजदूत दीपकुमार उपाध्याय मतदातालाई धन्यवाद दिन यतिबेला गाउँ दौडाहामा व्यस्त हुनुहुन्छ ।

निर्वाचन कपिलवस्तु क्षेत्र नं १ मा उम्मेदवार बन्नुभएका उपाध्याय वामगठबन्धनका साझा उम्मेदवार चन्द्रपाणि खनाल (बलदेव) सँग ९४६ मतान्तरले पराजित हुनुभएको थियो ।

नेताहरु पराजय भएसँगै मतदातासामु फर्किएर नआउने पटिपाटीको अन्त्य गर्दै उहाँ निर्वाचित उम्मेदवारभन्दा पहिले नै मतदातालाई धन्यवाद दिन गाउँगाउँ पुग्न थाल्नुभएको हो ।

उहाँले यही सोमबारदेखि आफ्नो क्षेत्रका विभिन्न वडामा गएर मतदातालाई धन्यवाद दिने र उनीहरुका गुनासा सुन्ने गर्न थाल्नुभएको हो ।

उहाँले सोमबार दक्षिणी क्षेत्र शुद्धोधन गाउँपालिका–६ र पचेहराका साथै मंगलबार उत्तरी क्षेत्र वडा नं ७ र ९ का मतदातालाई भेटेर धन्यवाद ज्ञापन गर्नुका साथै वडाका समस्याका बारेमा पनि जानकारी लिनुभएको थियो ।

मंगलबार वडा–९ को बक्सीरपुरमा मतदातालाई सम्बोधन गर्दै उपाध्यायले यस क्षेत्रको विकास निर्माणमा जितेका उम्मेदवारले भन्दा कुनै कमी हुन नदिई संगठित भएर आफू विकासमा लाग्ने प्रतिबद्धता जाहेर गर्नुभयो ।

उहाँले यस क्षेत्रका समस्याका बारेमा आफू जानकार रहेको बताउँदै जितेका उम्मेदवारलाई कटाक्ष गर्दै भन्नुभयो “आफ्नो घरमा कहाँ स्वीच छ, ठ्याक्कै थिचेपछि बल्छ भन्ने थाहा छ ।” नयाँलाई स्वीच खोज्दै ठिक्क हुने, तर आफूलाई भने स्वीच खोज्नु नपर्ने उहाँले बताउनुभयो ।
–––

प्रकाशित समय : ०८:५३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु