global ime bank Long Banner Ad
Global IME

गृहपृष्ठ आठसय भन्दा बढिलाई हात्तीपाइले

आठसय भन्दा बढिलाई हात्तीपाइले

आठसय भन्दा बढिलाई हात्तीपाइले

जितपुर- कपिलवस्तुमा ८७८ जनामा हात्तीपाइले लक्षण देखा परेको छ । आव २०७३÷०७४ को तथ्यांकका आधारमा खुट्टा सुन्निएका २२८, हाइड्रोशील ६०२ र शरीरका अन्य भागमा ४८ गरी ८७८ संक्रमित भेटिएका हुन् ।  सन् २०२० भित्र हात्तीपाइले रोगीको संख्या एक प्रतिशतभन्दा कममा झार्ने सरकारी योजनाअनुसार यस जिल्लामा विसं २०६४ देखि २०६६ सम्म अभियान सञ्चालन गरिएको थियो ।
हात्तीपाइलेबाट संक्रमित भेटिएका पनि अभियान सञ्चालन गरिएपछि पाँचौँ, छैठौँ र आठौँ वर्ष पनि नमूना रक्त परीक्षण गर्दा फेरि संक्रमित भेटिएसँगै संक्रमितको संख्या बढ्दै गएको हो । अभियान २०६४ देखि लगातार सञ्चालन गरिँदै आएको छ तर रोग भने नियन्त्रणमा आउन सकेको छैन ।

नौ वर्षे अभियानमा पाँच लाख ५३ हजार, ५२४ मध्ये चार लाख ७५ हजार ९६१ जनाले मात्र औषधि खाएको स्वास्थ्य कार्यालयले जनाएको छ । जिल्लाको तथ्यांक अनुसार २०२० भित्र हात्तीपाइले रोगीको संख्या कममा झार्ने कुरा चुनौतीपूर्ण रहेको स्वयं स्वाथ्यकर्मी बताउँछन् ।

फागुन १२ देखि तीन दिने पुनः हात्तीपाइलेविरुद्धको महाअभियान सञ्चालन गरिने जिल्ला स्वास्थ्य कार्यालयले जनाए  । “नौ वर्षे अभियान उपलब्धिमूलक नदेखिएपछि पुन संञ्चालन गर्ने लागिएको, स्वास्थ्य कार्यालयका प्रमुख योगेन्द्र भगतले बताए । रक्त परीक्षणका क्रममा अझैपनि १३ प्रतिशतमा हात्तीपाइले रोगको परजीवी फेला परेका छन् ।

बहादुरगञ्ज, महाराजगञ्ज र बाणगंंगा गाविसका ९०० जनाको नमूना परीक्षण गर्दा सो फेला परेको थियो । २०७२ कात्तिकमा केन्द्रीय र जिल्लास्तरीय टोलीले नमूना रक्त संकलन गरेको थियो । २०७२ सालमा बजेट स्वीकृत नहुँदा अभियान सञ्चालन भएको थिएन ।

२०७१ मा जिल्लाका ४० विद्यालयका छ र सात वर्ष उमेरका बालबालिकामा समेत नमूना परीक्षण गर्दा करिब पाँच प्रतिशतमा हात्तीपाइलेको जीवाणु भेटिएको छ । त्यसैले दुई वर्ष अभियान थपिएको थियो ।
रोगविरुद्ध दिइने औषधि पूर्णरूपमा सुरक्षित भए पनि भ्रममा परेर धेरैले नखाएपछि समस्या देखिएको तौलिहवा अस्पतालका डाक्टर सजल त्वानावासुले बताए । औषधि सेवनले सामान्य असर देखिन सक्ने भएपनि केही नहुने उहाँको भनाइ छ ।

रोगका लक्षय वाकवाकी रिंगटा आउने र टाउको दुख्न सक्ने जानकारी दिए । “यो भनेको सामान्य कुरा हो, औषधि सेवनले हात्तीपाइले सर्नबाट सुरक्षित राख्छ” स्वास्थ्य कार्यालयका फोकल पर्सन उदयचन्द चौरसियाले बताए । यस पटक ३० देखि ४० घरको बीचमा एकजना स्वयंसेवक परिचालन गरिने योजना छ ।

प्रकाशित समय : ०८:३४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु