गृहपृष्ठ बीमा व्यवसायमा आक्रामक बन्दै नेपाल लाइफ
बीमा व्यवसायमा आक्रामक बन्दै नेपाल लाइफ
काठमाडौं । जीवन बिमा व्यवसायमा नेपाल लाइफ इन्स्योरेन्स आक्रामक देखिएको छ । नेपाल लाइफले चालु आर्थिक वर्षको छ महिनामा ८२ प्रतिशतले नाफा बढाउँदै आक्रामक देखिएको हो । कम्पनीले छ महिनामा २७ करोड ९६ लाख रुपैयाँ नाफा गरेको छ । गत वर्ष यही अवधिमा १५ करोड ३० लाख रुपैयाँ थियो ।
कम्पनीले आर्थिक वर्षको छ महिनाको अवधिसम्ममा खुद वीमा शुल्क आर्जन ७ अर्ब १४ करोड रुपैयाँ गरेको छ । गत वर्ष यही अवधिमा ४ अर्ब ८५ करोड रुपेयाँ थियो । कम्पनीले दाबी भूक्तानी बापत सोही अवधिसम्ममा २ अर्ब २५ करोड रुपैयाँको गरेको छ ।
व्यवसायमा कम्पनीले अभिकर्तालाई अभिकर्ता कमिसन बापत ८१ करोड २२ लाख रुपैयाँ भूक्तानी गरेको छ । कम्पनीको चुक्ता पूँजी तीन अर्ब ९ करोड रुपैयाँ छ भने जगेडा कोषमा ५ अर्ब रुपैयाँ जम्मा भएको छ । कम्पनीको प्रतिशेयर आम्दानी १८ रुपैयाँ छ ।
प्रकाशित समय : १३:०८ बजे