nmb bank

गृहपृष्ठ पत्रकार महासंघ बाँकेले गर्यो अग्रजहरुलाई सम्मान

पत्रकार महासंघ बाँकेले गर्यो अग्रजहरुलाई सम्मान

पत्रकार महासंघ बाँकेले गर्यो अग्रजहरुलाई सम्मान

बाँके । नेपाल पत्रकार महासंघ बाँके शाखाले आज आफ्नो स्थापनाको २९ औं स्थापना दिवस मनाएको छ । नेपाल पत्रकार महासंघको पहिलो शाखाको रुपमा वि.सं. २०४५ माघ २८ गते गठन भई कठिन संघर्षहरु वर्षहरु पार गर्दै आएको शाखाले पहिलो पटक नेपालगन्जमा भव्य समारोहको आयोजना गरी स्थापना दिवस मनाएको हो ।
विगतका कार्य समितिले लामो समयसम्म वार्षिकोत्सव मनाउन नसकिरहेका बेला वर्तमान नेतृत्व स्थापना दिवस मनाउन सफल भएकोमा कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरुले नेपाल पत्रकार महासंघ बाँके शाखा र कार्यसमितिको प्रशंसा गरेका थिए ।
नेपाल पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष एवम् प्रेस युनियनका वरिष्ठ नेता विपुल पोख्रेलले बाँके शाखामा आवद्ध पत्रकारहरुले विभिन्न कालखण्डमा राजनितिक परिवर्तनसँगै समाजिक, आर्थिक एवम् भौतिक विकासमा खेलेको भूमिका कसैले पनि विर्सन नहुने बताए ।
उनले राजनीतिक परिवर्तन राज्यको नयाँ संरचनामा बन्ने ऐन, नियम र कानून प्रेसमैत्री बनाउन दवाव दिनुपर्ने बताए । उपाध्यक्ष पोख्रेलले नेपाली पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघ सबै पत्रकारहरुको साझ संगठन भएकाले कसैको सनक र दनकको भरमा नचल्ने बताउँदै बाँके शाखाले पहिलो शाखाको रुपमा आफुलाई उभ्याउँदै पहिलो पटक स्थापना दिवस मनाएकोमा धन्यवाद दिए ।
कार्यक्रममा प्रतिनिधिसभा सदस्य महेश्वर गहतराज अथकले राजनीतिक परिवर्तनमा बाँकेका पत्रकारहरुहको भूमिका अतुलनीय रहेको बताउँदै नयाँ बन्ने ऐन, नियम र कानूनलाई प्रेसमैत्री बनाउनेमा आफ्नो सकारात्मक भूमिका रहने बताए । प्रदेशसभा सदस्य आरती पौडेलले नेपाली प्रेस जगतबाट सर्वसाधरण जनता डरभन्दा पनि भर पर्ने गरी काम गरेमा प्रेसको सम्मानको उचाई अझ बढ्ने विचार व्यक्त गरिन् ।
नेपालगन्जस्थित संघीय प्रहरी इकाई कार्यालय भेरीका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक महेशबिक्रम शाहले नेपाल प्रहरी संगठन सत्यतथ्यमा आधारित समाचारको सधैं हितैसी र पक्षमा रहेको बताउँदै मिडियाको सम्मानमा कुनै कमी नहुने बताउँदै आफुलाई पनि गर्भ महशुस भएको विचार व्यक्त गरे ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव उदय जिएम, नेकपा एमालेका बाँके अध्यक्ष अशोक कोइराला, पत्रकार पोषण केसी, जनक नेपाल, इन्सेकका क्षेत्रीय संयोजक भोला महत, पुनरावेदन नेपाल बार एसोसियसनका अध्यक्ष बलबहादुर चन्द, जिल्ला बार एसोसियसनका अध्यक्ष उदयराज बर्मा लगायतले शुभकामना व्यक्त गरेका थिए ।
कार्यक्रममा नेपाली पत्रकारितामा योगदान पुर्याएवापत बाँकेका अग्रज पत्रकार तथा पूर्व अध्यक्षहरुलाई सम्मान गरिएको थियो । सो अवसरमा दोस्रो सत्रमा अधिवक्ताद्वय विश्वजित तिवारी र बसन्त गौतमले सूचनाको हकसम्वन्धी अनुशिक्षणात्कम प्रवचन दिएका थिए ।

प्रकाशित समय : १५:१४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु