गृहपृष्ठ भारत कल गर्दा ४० प्रतिशतसम्म छुट

भारत कल गर्दा ४० प्रतिशतसम्म छुट

भारत कल गर्दा ४० प्रतिशतसम्म छुट

काठमाडौं । नेपाल टेलिकमले भारतमा कल गर्दा ४० प्रतिशतसम्म छुट दिने योजना ल्याएको छ । टेलिकमको यो योजनाबाट नेपालबाट भारतमा कल गर्न सस्तो पर्ने भएको छ । सस्तो दरको प्याकेज लिएर भारतमा कल गर्दा छुट पाइने टेलिकमले जनाएको छ ।
टेलिकमले डेली प्याक, विक्ली प्याक र मन्थ्ली प्याक गरी तिन प्रकारको प्याक अफर ल्याएको सहायक प्रवक्ता शोभन अधिकारीले बताए । उनकाअनुसार डेली प्याक अन्तरगत ३५ रुपैयाँमा १५ मिनेट कल गर्न सकिने छ ।
सो प्याक १ दिनका लागि मात्र उपलब्ध हुनेछ । त्यसैगरी विक्ली प्याक अन्तर्गत १५० रुपैयाँमा ६५ मिनेट र मन्थ्ली प्याक अन्तगरत ५०० रुपैयाँमा २२५ मिनेट कल गर्न सकिने छ । यी प्याक क्रमशः ७ दिन र एक महिनासम्म प्रयोग गर्न सकिने छ । प्याकबाट प्रतिमिनेट २ रुपैयाँ २२ पैसासम्मको सस्तो दरमा भारतमा कल गर्न सकिने अधिकारीले जानकारी दिए ।

प्रकाशित समय : १३:४१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु