global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ १० प्रतिशत लाभांश पारित गर्ने तयारीमा सेन्चुरी बैंक

१० प्रतिशत लाभांश पारित गर्ने तयारीमा सेन्चुरी बैंक

१० प्रतिशत लाभांश पारित गर्ने तयारीमा सेन्चुरी बैंक

काठमाडौं । सेञ्चुरी कमर्शियल बैंकको सातौ वार्षिक साधारणसभा फागुन ३० गते बस्ने भएको छ । सभाले गत आर्थिक वर्षमा गरेको नाफाबाट नगद र बोनसगरी सेरधनीलाई १० प्रतिशत लाभांश दिने प्रस्ताव पारित गर्ने भएको छ ।
बैकले ५ प्रतिशत अर्थात ३८ करोड ३९ लाख रुपैयाँ नगद र सोही रकम बराबरको बोनस सेयर दिने प्रस्ताव पारित हुने जानकारी दिएको छ । बोनस सेयर वितरणपछि बैंकको चुक्तापुँजी ८ अर्ब २५ करोड रुपैयाँ पुग्ने छ ।
यस्तै पुँजीगत रुपमा ठुलो बैंक बनाउन स्वदेशी तथा विदेशी संस्थालाई गाभ्ने वा रणनीतिक साझेदारीमा जान आवश्यक सहमति र सम्झौताका लागि सभाले सञ्चालक समितिलाई पुर्ण अधिकार दिने प्रस्ताव पनि पारित हुनेछ ।

प्रकाशित समय : १३:४७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु