गृहपृष्ठ रेडक्रसको बजेट तीन करोड
रेडक्रसको बजेट तीन करोड

नगरकोट, फागुन ८ । नेपाल रेडक्रस सोसाइटी भक्तपुर जिल्ला शाखाको २३औंै जिल्ला सभाले आगामी आर्थिक वर्ष २०७५÷७६ को प्रस्तावित कार्यक्रम र बजेटको लागि रु दुई करोड ६५ लाख ९३ हजार बजेट पारित गरको छ ।
कार्यक्रम उद्घाटन गर्दै सांसद महेश बस्नेतले भक्तपुर रेडक्रसले मानवीय सेवाका गतिविधि सञ्चालन गरी देशभरी आफ्नो पहिचान राखेको बताए । सफल नेतृत्वको उदाहरणको रुपमा भक्तपुर रेडक्रसलाई लिनुपर्ने कुरा बताउँदै भक्तपुर रेडक्रसले रक्तसञ्चार सेवामार्फत देशैभरी ख्याति कमाएको बताए । “नेपाल रेडक्रस सोसाइटीका कार्यबाहक अध्यक्ष अजितकुमार शर्माले मानवीय सेवाका क्षेत्रमा भक्तपुर रेडक्रस उदारणीय कार्य गर्न सफल भएको बताए ।
प्रकाशित समय : १४:०९ बजे