global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ रोहितकी ‘दिल रानी’ छुल्ठिम !

रोहितकी ‘दिल रानी’ छुल्ठिम !

रोहितकी ‘दिल रानी’ छुल्ठिम !

काठमाडौं, फागुन । अभिनेता दयाहाङ राई टारर फिल्म ‘नेप्टे’ को ‘दिल रानी’ बोलको क्लब गीत सार्वजनिक भएको छ । चैत ३० गतेलाई प्रदर्शन मिति कन्फर्म गरिएको फिल्मको गीतमा सन्तोष राजको संगीत, उदित नारायण झा र सेलिना कुँवरको स्वर रहेको छ ।

गीतको भिडियोमा नायक रोहित रुम्बा र नायिका छुल्ठिम गुरुङ्ग फिचरिङ छन् । गीतमा यमनाथ मैनालीका शब्द छन् भने कबिराज गहतराज कोरियोग्राफर हुन् । वुद्दि तामाङ, पुर्णिमा लामा, प्रनिशा सिलवाल, ए गुरुङलगायतका कलाकारहरुको पनि अभिनय रहेको फिल्मका निर्देशक देव कुमार श्रेष्ठ हुन् । किरण माइकलको पटकथा एवं संवाद रहेको फिल्ममा रोहित आफैंले कथा लेखेका छन् ।

कलाकार रोहित रुम्बाद्वारा निर्मित ‘नेप्टे’ लाई हरी घले लामाले खिचेका हुन् । चैत ३० गतेबाट प्रदर्शनमा आउन चलचित्र ‘नेप्टे’को ‘दिल रानी’ बोलको क्लब गीत रिलीज भएको छ । गीतको भिडियोमा नायक रोहित रुम्बा र नायिका छुल्ठिम गुरुङ्गको नृत्य रहेको छ । सन्तोष राजको संगीत रहेको गीतमा उदित नारायण झा र सेलिना कुँवरको स्वर रहेको छ ।

यमनाथ मैनालीका शब्द रहेको यस गीतको भिडियोलाई कबिराज गहतराज कोरियोग्राफी गरेका हुन् । देव कुमार श्रेष्ठको निर्देशक रहेको ‘नेप्टे’मा दयाहाङ राई, छुल्ठिम गुरुङ, रोहित रुम्बा, वुद्दि तामाङ, पुर्णिमा लामा, प्रनिशा सिलवाल, ए गुरुङ लगायतका कलाकारहरुको अभिनय रहेको चलचित्रका निर्देशक हुन् ।

प्रकाशित समय : ०७:०१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु