काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

करिश्माको ‘हिरोज’ प्रदर्शनको पर्खाइमा

9.91K
shares

काठमाडौं, फागुन । सदावहार नायिका करिश्मा मानन्धर अभिनित नयाँ फिल्म ‘हिरोज’ को प्रदर्शन मिति घोषणा भएको छ । अभिनेत्री पूर्णिमा लामाले निर्माण गरेका फिल्म चैत्र २३ गतेदेखि देशब्यापी प्रदर्शनमा आउने पक्का भएको छ । एनबि महर्जन फिल्मका निर्देशक हुन् ।

बेरोजगारीको पीडा, महिला हिंसा, राजनीतिक विकृती, अन्याय बिरुद्धको आवाजका साथै प्रेमकथा प्रस्तुत गरिएको फिल्ममा करिश्मासँगै जयकिसन बस्नेत, पूर्णिमा लामा, मुकेश ढकाल,संजोग राणा, दिलकृष्ण श्रेष्ठ, सहिन प्रजापति, दिनेश डिसीलगायतका कलाकारले अभिनय गरेका छन् ।

जयलक्ष्मी फिल्मस्को ब्यानरमा निर्मित ‘हिरोज’ को प्रस्तुतकर्ता लक्ष्मी लामा हुन् भने निर्मातामा युवराज लामा, शेखर लामा र संजोग राणा रहेका छन् । शिब ढकाल र रामशरण उप्रेतीले खिचेको फिल्ममा कमल राई, कबिराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी छ । फिल्मको द्वन्द्व शंकर महर्जनले निर्देशन गरेका हुन् । फिल्मप्रति आफू निकै आशावादी रहेको नायिका पूर्णिमाले बताइन् ।