गृहपृष्ठ पञ्चेबाजा अाजबाट दर्शकमाझ, सौगात र जस्मिन कत्तिको जम्लान् ?

पञ्चेबाजा अाजबाट दर्शकमाझ, सौगात र जस्मिन कत्तिको जम्लान् ?

पञ्चेबाजा अाजबाट दर्शकमाझ, सौगात र जस्मिन कत्तिको जम्लान् ?

काठमाडौं, फागुन । फ्राइडे रिलिज अन्तर्गत यो शुक्रबारबाट चलचित्र पञ्चेबाज प्रदर्शनमा आएको छ । देश दौडाहा सकेर निर्माण पक्षले शुक्रबारबाट चलचित्र प्रदर्शनमा ल्याएको हो । मोफसल टुरका क्रमा निर्माण पक्षले चितवन, बुटवल, पोखरा लगायतका शहरमा दर्शकहरुसँग साक्षात्कार गरेको थियो ।
नेपाली चलचित्रको कारोबार काठमाडौं उपत्यकामा जस्तै मोफसलमा पनि हुन थालेपछि मोफसलका दर्शकलाई लक्षित गर्दै निर्माण पक्षले देश दौडाहा थाल्ने गरको छ । चलचित्रका निर्देशक घनश्याम लामिछानेले लाईफको आरोहअबरोह नै पञ्चेबाजा रहेको प्रतिक्रिया दिए । उनले दुःखपीडा मिसाएर एउटा प्याकेज बनाएको बताए । ‘पञ्चेबाजामा मायाँ र द्वन्द्व मिसिएको छ, उनले भने जुनसुकै दर्शकका लागि पनि पञ्चेबाजाले मन छुन्छ ।’ फिल्मका निर्माता राजेश शाहीले कुनै कम्प्रोमाईज नगरी ठुलो लगानीमा चलचित्र बनाएको बताए ।
चलचित्रकी नायिका जस्मिन श्रेष्ठले अरु फिल्ममा भन्दा यस चलचित्रमा आफू नितान्त फरक भूमिका खेलेको बताउँदै चलचित्र उत्कृष्ट बनेको बताइन् । यो चलचित्रले आफ्नो चलचित्र करियर समेत माथि उठ्ने बताइन् । चलचित्र वितरण केदार पराजुलीले उपत्यका बाहिर ८० भन्दा बढी हलमा प्रदर्शनमा आउने भन्दै चलचित्र फरक र उत्कृष्ट बनेको प्रतिक्रिया दिए ।
राजेश शाहीले निर्माण गरेको चलचित्रको घनश्याम लामिछानेले निर्देशन गरेका हुन् । ‘न्यू भेनु फिल्म्स’को व्यानरमा प्रदीप भारद्वाजको पटकथा, कालीप्रसाद बाँस्कोटा र विकास चौधरीको संगीत छ । राजकुमार उप्रेतीको द्वन्द्व, कविराज गहतराजको नृत्य निर्देशन छ । फिल्ममा सारा गुरुङको पनि लगानी रहेको छ । मुख्य भूमिकामा सौगात मल्ल र जस्मिन श्रेष्ठसँगै कर्मा, बुद्धि तामाङ, सृजना सुब्बालगायतले अभिनय गरेका छन् । फिल्म हरि घलेको छायांकन रहेको फिल्मलाई दीर्घ खड्काले सम्पादन गरेका हुन् । चलचित्रलाई सेन्सरबोर्डले पीजी सर्टिफिकेट दिएका कारण चलचित्र हेर्न १६ वर्षभन्दा कम उमेरका दर्शकलाई अभिभावकको साथ चाहिनेछ ।
पछिल्लो समय गीत संगीतका कारण पनि नेपाली चलचित्रको व्यापार केही आशलाग्दो बन्दै गएका कारण यस चलचित्रले पनि राम्रै व्यापार गर्ने अपेक्षा गरिएको छ । यो चलचित्रको ‘घिन घिन मादल’ बोलको गीत दर्शकले निकै रुचाएका छन् । अञ्जु पन्त र डेविड शंकरको स्वर रहेको गीतमा प्रदीप भाद्वाजको शब्द र विकास चौधरीको संगीत, कविराज गहतराजको कोरियोग्राफी रहेको छ ।

प्रकाशित समय : ०७:०८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु