global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ ईमर्जिङ्गले थाल्यो आईपीओ निस्काशनकाे तयारी

ईमर्जिङ्गले थाल्यो आईपीओ निस्काशनकाे तयारी

ईमर्जिङ्गले थाल्यो आईपीओ निस्काशनकाे तयारी

काठमाडौं, १३ फागुन । ईमर्जिङ्ग नेपाल लिमिटेडको साधारण शेयर(आइपीओ) निकाष्सन हुने भएको छ । आइपीओ निष्कासनका लागि आइतबार एन आई सी एसिया क्यापिटल लिमिटेड र ईमर्जिङ्ग नेपाल लिमिटेडबीच ५ लाख कित्ता (कर्मचारी समेत) साधारण शेयरहरुको धितोपत्र निष्कशन तथा बिक्री प्रबन्धकको रुपमा कार्य गर्ने सम्झौता भएको छ ।
एन आई सी एसिया क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत झनक राज ढुङ्गेल तथा ईमर्जिङ्ग नेपाल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत डा. विनोद आत्रेयले सो सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन ।
नेपाल सरकारको लगानी समेत रहेको ईमर्जिङ्ग नेपाल लिमिटेड सार्वजनिक निजी सहकार्य अनुरुप स्थापना भएको कम्पनी हो । यस कम्पनिले विभिन्न क्षेत्रमा सेयर लगानी गरि देशका आधारभूत संरचना विकासमा कार्य गर्नेछ ।
एन आई सी एसिया क्यापिटल लिमिटेडले हाल बजारमा कायम रहेको बैंक तथा वित्तिय संस्था, इन्स्योरेन्स र जलविद्युत लगायत अन्य क्षेत्रहरुका कम्पनीहरुलाई सर्वसाधारणमा शेयर निष्काशन गर्न सहजीकरण गर्दै आइरहेको छ ।

प्रकाशित समय : १७:४४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु