global ime bank Long Banner Ad

गृहपृष्ठ भारतीय प्रधानमन्त्री मोदी काठमाडौं नआई सिधै जनकपुर जाने

भारतीय प्रधानमन्त्री मोदी काठमाडौं नआई सिधै जनकपुर जाने

भारतीय प्रधानमन्त्री मोदी काठमाडौं नआई सिधै जनकपुर जाने

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणका क्रममा काठमाडौं नआई जनकपुर जाने भएका छन् ।  जनकपुरमा भारतीय प्रधानमन्त्री मोदीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले स्वागत गर्ने तयारी छ । मोदी दुईदिने भ्रमणका लागि २८ गते नेपाल आउने कार्यक्रम छ । भारतीय प्रधानमन्त्री मोदी पटनाबाट हेलिकोप्टर मार्फत सीधै जनकपुर आउने र जानकी मन्दिरमा पूजा गर्ने गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले बताएका छन् । साथै बाह्रविघामा नागरिक अभिनन्दन गर्ने कार्यक्रम तय भएको छ । त्यसपछि मोदीले काठमाडौं र मुक्तिनाथको पनि भ्रमण गर्ने कार्यक्रम छ । भारतीय प्रधानमन्त्री मोदीको जनकपुर भ्रमणमा पाँच घेराको सुरक्षा बन्दोबस्त मिलाइएको छ । मोदीको सुरक्षा बन्दोबस्त मिलाउन नयाँ दिल्लीबाट डीआईजीको नेतृत्वमा भारतीय सुरक्षाकर्मीको टिम जनकपुर आइपुगेका छन् । भारतका उच्च ओहदाका व्यक्तित्वको सुरक्षा मामिला हेर्ने डीआईजीको नेतृत्वमा आएका सुरक्षाकर्मीको टिमले मोदीको भ्रमणका बेला अपनाइने सुरक्षा घेराको स्केच तयार पारेको छ । नेपाली सुरक्षाकर्मीको सल्लाहमा तयार पारिएको मोदीको सुरक्षा घेराको स्केच अत्यन्तै गोप्य राखिएको छ । सुरक्षामा नेपाल र भारत दुवै देशका सुरक्षाकर्मी तैनाथ हुनेछन् । मोदीको सुरक्षाका लागि पहिलो घेरामा नेपाली सेनालाई खटाइएको छ । दोस्रो घेरामा नेपाल प्रहरी, तेस्रो घेरामा सशस्त्र प्रहरी र मोदीको सबभन्दा नजिकको अन्तिम घेरामा भारतीय सुरक्षाकर्मी खटिनेछ । राष्ट्रिय अनुसन्धान विभागका गुप्तचरलाई सादा पोसाकमा अर्को घेरामा तैनाथ गरिनेछ ।

प्रकाशित समय : १९:२७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु