गृहपृष्ठ नेपालमा लगानी गर्न अन्तर्राष्ट्रिय समुदायलाई चेम्बरको आग्रह
नेपालमा लगानी गर्न अन्तर्राष्ट्रिय समुदायलाई चेम्बरको आग्रह

काठमाडौं, १५ फागुन । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेश काजी श्रेष्ठले नेपालमा लगानीको गर्न अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गरेको छ ।
नेपालका लागि पोल्याण्डका राजदूत एडन बुराकोस्कीस“ग चेम्बर अफ कमर्सले आयोजना गरेको कार्यक्रममा नेपालमा स्थिर सरकार बनेकाले नेपालमा लगानीको सुरक्षित वातावरण बनेका छ । अबको दिनमा अन्तर्राष्ट्रिय समुदायले लगानी गर्दा लगानी सुरक्षित हुने विश्वास रहेको बताए ।
पर्यटन, उद्योगलगायतका क्षेत्रमा लगानीका लागि उपयुक्त हुनसक्ने र लगानी वातावरण बनाउन लगानी बोर्डसँग छलफल भएको जानकारी दिए । दुवै देशको आर्थिक विकासमा योगदान दिनसमेत राजदूत बुराकोस्कीसंग आग्रह गरे ।
राजदूत बुराकोस्कीले नेपालको विकास र समृद्धिका लागि पोल्याण्ड सरकार नेपाल सरकारसँग सहकार्य गर्न ईच्छुक रहेको बताए ।
प्रकाशित समय : ०२:३१ बजे