global ime bank Long Banner Ad

गृहपृष्ठ नेपालमा लगानी गर्न अन्तर्राष्ट्रिय समुदायलाई चेम्बरको आग्रह

नेपालमा लगानी गर्न अन्तर्राष्ट्रिय समुदायलाई चेम्बरको आग्रह

नेपालमा लगानी गर्न अन्तर्राष्ट्रिय समुदायलाई चेम्बरको आग्रह

काठमाडौं, १५ फागुन ।  नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेश काजी श्रेष्ठले नेपालमा लगानीको गर्न अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गरेको छ ।

नेपालका लागि पोल्याण्डका राजदूत एडन बुराकोस्कीस“ग चेम्बर अफ कमर्सले आयोजना गरेको कार्यक्रममा नेपालमा स्थिर सरकार बनेकाले नेपालमा लगानीको सुरक्षित वातावरण बनेका छ । अबको दिनमा अन्तर्राष्ट्रिय समुदायले लगानी गर्दा लगानी सुरक्षित हुने विश्वास रहेको बताए ।

पर्यटन, उद्योगलगायतका क्षेत्रमा लगानीका लागि उपयुक्त हुनसक्ने र लगानी  वातावरण बनाउन लगानी बोर्डसँग छलफल भएको जानकारी दिए । दुवै देशको आर्थिक विकासमा योगदान दिनसमेत राजदूत बुराकोस्कीसंग आग्रह गरे ।

राजदूत बुराकोस्कीले नेपालको विकास र समृद्धिका लागि पोल्याण्ड सरकार नेपाल सरकारसँग सहकार्य गर्न ईच्छुक रहेको बताए ।

प्रकाशित समय : ०२:३१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु