global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ मुख्य न्यायाधिवक्तामा कर्णालीको विद्याभूषण मानन्धर नियुक्त

मुख्य न्यायाधिवक्तामा कर्णालीको विद्याभूषण मानन्धर नियुक्त

मुख्य न्यायाधिवक्तामा कर्णालीको  विद्याभूषण मानन्धर नियुक्त

सुर्खेत कर्णाली प्रदेशको मुख्य न्यायाधिवक्तामा वरिष्ठ अधिवक्ता विद्याभूषण मानन्धर नियुक्त भएको छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको सिफारिशमा प्रदेश प्रमुख दुर्गाकेशर खनालले मानन्धरलाई आज मुख्य न्यायाधिवक्तामा नियुक्त गरेको हो ।

मुख्यमन्त्रीको सिफारिशमा प्रदेश प्रमुखले मुख्य न्यायाधिवक्ता नियुक्त गर्ने संवैधानिक व्यवस्था छ । उच्च अदालतका न्यायाधीश सरह मर्यादा र सुविधा पाउने मुख्य न्यायाधिवक्ताले प्रदेश सरकारको कानूनी सल्लाहकारका रुपमा काम गर्ने छ ।

प्रकाशित समय : २३:०६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु