nmb bank

गृहपृष्ठ आज तराईमा होली पर्व मनाईदै

आज तराईमा होली पर्व मनाईदै

आज तराईमा होली पर्व मनाईदै

काठमाडौं, १८ फागुन । काठमाडौं उपत्यकासहित पहाडी क्षेत्रमा हिजो मनाइए पनि तराईका जिल्लामा आज धूमधामका साथ होली पर्व मनाईदै छ । वसन्त ऋतुको आगमनको शुरुवातमा पर्ने फागु पर्व एक–आपसमा मैत्री भाव प्रकट गर्न सामूहिक रुपमा भेला भएर एकार्कामा रंग दलेर मनाउने गरिन्छ ।

तराई–मधेशका बस्तीहरु आज होलीले रंगीचङ्गी भएका छन् । काठमाडौंमा बसोबास गर्ने तराई क्षेत्रका बासिन्दाले पनि आपसमा रंग र अबिर लगाएर आज होली पर्व मनाउँदैछन् । परम्परागत रूपमा विभिन्न रङ खेली होली अर्थात फागु पर्व मनाउने चलन छ । होलीले आपसी सद्भाव, भातृत्व र आत्मीयता बढाउन सहयोग पुर्याउँछ । होलीका अवसरमा विभिन्न सांगीतिक तथा सांस्कृतिक कार्यक्रम गरेर खुसी साटासाट गर्ने गरिन्छ ।

सरकारले होली पर्वकै अवसरमा आज तराईका जिल्लाहरुमा बिदा दिएको छ । यसैबीच जनकपुरमा भने भोली मात्र होली मनाइने भएको छ । मध्यमिथिला परिक्रमा पर्व परेका कारण जनकपमा भोली मात्र होली मनाउन लागिएको हो । सत्य युगमा विष्णुभक्त प्रह्लादलाई मार्न हिरण्यकश्यपुले विभिन्न जाल बुन्दा पनि नसकेपछि आगोबाट नजल्ने र नमर्ने वरदान पाएकी बहिनी होलिकाले प्रह्लादलाई काखमा लिएर आगोमा बस्न लगाउँदा प्रह्लादलाई केही नभएको तर होलीका जलेर नष्ट भएको प्रसंग यस पर्वसँग जोडिएको छ । असत्यमाथि सत्यको विजय भएको यस घटनापछि होली मनाउन थालिएको विश्वास गरिन्छ ।

प्रकाशित समय : १७:५१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु