गृहपृष्ठ बिना अनुमति नदीजन्य पदार्थको उत्खनन
बिना अनुमति नदीजन्य पदार्थको उत्खनन

रौतहटको चाँदी नदीमा जथाभावी स्काभेटर प्रयोग गरेर नदीजन्य पदार्थको उत्खनन भैरहेको छ । अनुमति बिनानै संचालन गरिएको स्काभेटरबाट दैनिक एक सयभन्दा बढी ट्रयाक्टर गिट्टी उत्खनन गरेर नीजि प्रयोगमा ल्याइने गरिएको छ । राजमार्गभन्दा उत्तरतर्फको चुरेको फेदीबाट नै खोलामा स्काभेटर प्रयोग गरिएको छ । स्काभेटर संचालनमा प्रहरी प्रशासन, जिल्ला वन कार्यालयका कर्मचारीसहितको मिलोमतो रहेको स्थानीयले आशंका गरेका छन् । स्काभेटर प्रयोग गरेर खोलाबाट जथाभावी उत्खनन गरिएको गिट्टी नीजि जमिनमा थुपारिएको छ । नदीको बहावनै परिवर्तन हुने गरी स्काभेटर प्रयोग भैरहँदासमेत नियन्त्रण गर्नेतर्फ कसैको पनि चासो देखिदैन । राष्ट्रपति चुरेसंरक्षण कार्यक्रम लागू भएदेखि नै राजमार्गभन्दा उत्तर चुरेको फेदीका खोलामा स्काभेटर प्रयोग गर्न निषेध गरिएको भएपनि अहिले होली पर्वको मौका छोपेर स्काभेटर प्रयोग गरिएको छ । स्थानीय प्रहरी प्रशासनले सडक, पुल, बाटो बनाउन नदीजन्य पदार्थ निकासीमा रोक लगाउने गरेको छ तर नीजि प्रयोगलाई भने निर्वादरुपमा चुरेफेदीमै स्काभेटर प्रयोग गर्न दिएको पाइएको छ । प्राकृतिक सम्पदाको स्वरुपनै परिवर्तन हुने गरी भैरहेको जथाभाबी नदीजन्य पदार्थको उत्खननले संकट निम्त्याउने देखिन्छ । पानीको बहावनै परिवर्तन हुने गरी उत्खनन् भैरहनु द खद रहेको स्थानीयको भनाई छ ।
प्रकाशित समय : १८:०८ बजे