global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ वित्तीय आयोग संघीयताबारे प्रदेशका मन्त्रीसँग छलफल

वित्तीय आयोग संघीयताबारे प्रदेशका मन्त्रीसँग छलफल

वित्तीय आयोग संघीयताबारे प्रदेशका मन्त्रीसँग छलफल

सुर्खेत, १८ फागुन । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आज वित्तीय संघीयता कार्यान्वयन सम्बन्धी मन्त्रीहरूसँग छलफल कार्यक्रम सम्पन्न भएको छ ।

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्तीय आयोगको आयोजनामा प्रदेशस्तरीय छलफल कार्यक्रम गरिएको हो । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीसहित विभागीय मन्त्री सम्मिलित उक्त छलफल कार्यक्रममा कर्णाली प्रदेशको बजेट तर्जुमा, यहाँको प्राकृतिक स्रोत साधनको तथ्याङ्क एकिन, आर्थिक अधिकारको प्रयोग र त्यसका लागि आवश्यक नीति निर्माणका विषयमा अन्तरक्रिया भएको थियो ।

छलफलमा आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले वित्तीय समानीकरण र राजश्व बाँडफाँडमा संघीय सरकारले कर्णाली प्रदेशका लागि विशेष ध्यान दिन आग्रह गर्नुभयो । योजनामन्त्री ज्वालाले कर्णाली प्रदेशलाई अन्य प्रदेश समान बजेट विनियोजन गरे न्याय नहुने पनि जनाए ।

आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले कर्णाली प्रदेशको मौलिकता सुहाउँदो वित्तीय नीति बनाउनुपर्ने सुझाव दिनुभयो । कुनैपनि संरचना नबनेको प्रदेशका लागि संघीय सरकारले बजेट विनियोजन गर्दा प्राथमिकता दिनुपर्नेमा उहाँको जोड थियो ।

छलफलमा राष्ट्रिय योजना आयोगका तीर्थबहादुर राईले उत्पादनमा वृद्धि गर्न सकेको आधारमा नागरिकलाई कर लगाउनुपर्ने बताउनुभयो । राईले प्रदेश विकासका लागि योजना बनाएर स्रोत खोज्नुपर्ने औंल्याए । कार्यक्रममा वित्तीय आयोगका सचिव बैकुण्ठ अर्यालले यहाँको आवश्यकता पहिचान गरी बजेट निर्माणको सुत्र तयार गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको बताए ।

सचिव अर्यालले प्रादेशिक विकासको सोचको जिम्मेवारी प्रदेश सरकारको हुने र स्रोतको परिपूरण भने आयोगले गर्ने बताउनुभयो ।

कार्यक्रममा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसी, सामाजिक विकास मन्त्री दलबहादुर रावल र भौतिक पूर्वाधार विकासमन्त्री खड्कबहादुर खत्रीसहित विभिन्न मन्त्रायलका सचिवहरू, सुर्खेत जिल्लाका स्थानीय तहका जनप्रतिनिधिले स्थानीय तह, प्रदेशको बजेट निर्माणका लागि विज्ञहरूसँगको सुझाव आवश्यक रहेको बताए ।

सुर्खेतमा साइरन जडान

यसैबीच, कर्णाली प्रदेशका शहरलाई सुरक्षित बनाउन यहाँको राजधानी वीरेन्द्रनगर, सुर्खेतमा साइरन जडान गरिएको छ । कर्णाली प्रदेशलाई डिजिटल प्रदेश बनाउने मन्त्रिपरिषद्को निर्णयअनुसार आज वीरेन्द्रनगर नगरपालिका–६ प्रगतिनगर टोलमा साइरन जडान गरिएको हो । आन्तरिक मामिला तथा कानून मन्त्री नरेश भण्डारीले साइरन जडानको विधिवत उदघाटन गरे ।

“नगरपालिकाको प्रगतिनगरमा राखिएको सामुदायिक साइरन टोलका ६० जनाको मोबाइलमा सेट गरिएको मन्त्री भण्डारीले बताए। टोलमा हुने चोरी, डकैती, लुटपाट तथा आपराधिक क्रियाकलाप र प्राकृतिक प्रकोप जस्ता घटनाहरू आइपरे÷भएमा साइरनको कोड पुस गर्न मिल्ने उनले बताए ।

कोड पुस गरेलगत्तै साइरन बज्ने र छजनाको मोबाइलमा म्यासेजमा जाने पद्धति सेट गरिएको मन्त्री भण्डारीले बताए। उनको अनुसार सामुदायिक साइरन सेट गरिएकामध्ये पाँचजना स्थानीयवासी र एउटा प्रहरीको मोबाइलमा म्यासेज जानेछ । कार्यक्रममा कर्णाली प्रदेश प्रहरी प्रमुख अतिरिक्त प्रहरी महानिरीक्षक रणबहादुर चन्दले प्रदेशमा शान्ति सुरक्षा कायम राख्न सघाउ पुग्ने र यसले समृद्धिको आधार तयार गर्ने बताए ।

रासस

प्रकाशित समय : ०३:१७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु