global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ सेयर मूल्य १०० नजिक, मूल्यभन्दा कममा कारोबार

सेयर मूल्य १०० नजिक, मूल्यभन्दा कममा कारोबार

सेयर मूल्य १०० नजिक, मूल्यभन्दा कममा कारोबार


काठमाडौं । नेशनल हाइड्रोपावर कम्पनीको सेयर आइतबार १०३ रुपैयाँमा किनबेच भयो । पछिल्लो दुई सातामा यस कम्पनीको सेयर मूल्य ११५ बाट १०३ मा झरेको छ । आइतबार खरिद आदेशमा यस कम्पनीको मूल्य १०१ राखिएको छ ।
आज भोली नै यस कम्पनीको सेयर मूल्य ९९ भन्दा तल आउनेछ । १०० रुपैयाँ मूल्य अंकित यो सेयर ९९ सयमा करोबार हुँदा यस पटकको सेयर बजारको मन्दीमा नयाँ रेकर्ड बन्नेछ । हुन त यसअघि नै केही म्यूचल फण्ड अंकित मूल्यभन्दा कममा कारोबार भइरहेका छन् । १० रुपैयाँ अंकित एनआईबीएल प्रगति फण्ड ९ रुपैयाँ ४० पैसामा कारोबार भइरहेको छ ।
त्यस्तै, १० रुपैयाँ अंकित मूल्य रहेको सिद्धार्थ इक्विटि फण्ड ९ रुपैयाँ ४७ रुपैयाँमा, नविल इक्वीटी फण्डको मूल्य पनि ९ रुपैयाँ ७० पैसामा झरेको छ । १० रुपैयाँ अंकित एनआईबी आईव्रिड फण्ड पनि ९ रुपैयाँ ८० पैसामा कारोबार भइरहेको छ ।
बजारमा ख्याति कमाईसकेको पुराना म्यूचल फण्डहरु अंकित मूल्यभन्दा कममा कारोबार हुन थालेपछि पछिल्लो समय एनआईसी क्यापिटल र सिविआइएल क्यापिटले निष्काशन गरेको म्यूचल फण्डमा प्रयाप्त आवेदन परेन । प्राथमिक निष्काशनमा समेत प्रयाप्त आवेदन नपर्नुले सेयर बजारमा जारी मन्दी अझै गरिरिने संकेतको रुपमा हेरिएको छ ।
केही फाइनान्स कम्पनीहरुको सेयर मूल्य पनि १०० को नजिक पुगिसकेको छ । बेष्ट फाइनान्सको सेयर मूल्य १२० रुपैयाँमा झरेको छ । गोर्खा फाइनान्स र रिलाइन्स फाइनान्सको सेयर १३० रुपैयाँमा कारोबार हुन थालेको छ भने सेन्ट्रल फाइनान्सको सेयर १३१ रुपैयाँमा झरेको छ । वाणिज्य बैंकहरुको सेयर मूल्य पनि २०० बाट तल झर्न थालेको छ ।
सिभिल बैंकको सेयर १६१ रुपैयाँमा झरेको छ । जनता बैंकको सेयर १७० रुपैयाँमा झरेको छ भने सेन्चुरी बैंकको सेयर १९० रुपैयाँमा कारोकार हुन थालेको छ । विहीबार लक्ष्मी बैंकको प्रमोटर सेयर प्रतिकित्ता १४५ रुपैयाँमा कारोबार भयो । जलविद्युत कम्पनीहरु, लघुवित्त कम्पनीहरु, फाइनान्स कम्पनीहरु मध्ये धेरैको सेयर मूल्य प्रतिकित्ता २०० भन्दा तल पुगिसकेको छ ।

प्रकाशित समय : १८:५३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु