काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

सडक विस्तारको विरोधमा प्रदर्शन

12.66K
shares

काठमाडौं– बुधबार राजधानीको माइतीघरमा सडक विस्तारको विरोधमा प्रदर्शन गरिएको छ । ‘संयुक्त संघर्ष समिति’ ले गरेको प्रदर्शनकामा सरकारले गैरन्यायिक ढंगले सडक विस्तार गरेको आरोप लगाएको छ । काठमाडौं महानगरपालिका १२ का शैलेश शाक्यले काठमाडौं बाहिरका मान्छे राख्न बस्ती उजाड बनाउन खोजिएको आरोप लगाए । ‘अव्यवस्थित रुपमा बाहिरको मान्छे राख्न घर भत्काउने र आफ्नो जग्गा मासेर सडक चौडा बनाउने र बाहिरको मान्छे ल्याएर फुटपाथमा व्यापार गर्न दिने खालको सरकारको रबैया सैह्य नहुने बताए ।

मुअब्जाको दिँदैमा मनपरी गर्न नपाइने भन्दै भोलि मुअब्जा दिन्छु कमाठमाडौं छाड् भनेर सरकारले भन्यो भने के गर्ने भन्दै आक्रोश व्यक्त गरे । सो क्रममा काठमाडौं–नीजगढ दूतमार्ग निर्माणको विरोधमा रहेका ललितपुरको खोकनाका पीडितको पनि सहभागिता रहेको थियो । परम्परागत, सांस्कृतिक धरोहरलाई भत्काएर विकासका नाममा आफूहरुलाई लखेट्न खोजिएको स्थानीय सानुकाजी महर्जनले बताए । सडक विस्तार र निर्माणको नाममा बिचल्ली बनाउन लागिएको समेत आरोप लगाए ।

‘