काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

५२.८० करोडको आइपीओ जारी गर्ने तयारीमा शिवम सिमेन्ट

12.22K
shares


काठमाडौं । शिवम् सिमेन्ट्स लिमीटेडले ५२ करोड ८० लाख मूल्य बराबरको ५२ लाख ८० हजार कित्ता साधारण सेयरको प्राथमिक निश्कासन(आइपीओ) गर्ने भएको छ । यो कम्पनीले चैत ६ गते धितोपत्र बोर्डमा आइपीओ निश्कासनका लागि आवेदन दिएको हो ।
प्रस्तावित कित्तामध्ये ८ लाख ८० हजार कित्ता(२ प्रतिशत) आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि र बाँकी ४४ लाख कित्ता सर्वसाधारणका लागि निश्कासन हुनेछ । गत वर्ष धितोपत्र बोर्डले वास्तविक लगायत अन्य क्षेत्रले न्यूनतम १० प्रतिशत सेयर सर्वसाधारणलाई निष्कासन गर्न पाउने कानूनी व्यवस्था गरेको थियो ।
यही व्यवस्थामा टेकेर प्रिमियम मूल्यमा सेयर निश्कासन गर्ने प्रक्रिया थाल्ने शिवम् देशकै पहिलो सिमेन्ट उद्योग हो । कम्पनीको आइपीओ निश्कासन तथा बिक्री प्रबन्धको काम सिद्धार्थ क्यापिटल लिमीटेडले गर्नेछ । गत माघ २१ गते सम्पन्न कम्पनीको विशेष साधारणसभाले आइपीओ निश्कासनको प्रस्ताव पारित गरेको थियो ।
सो बेला प्रिमियम मूल्यमा आइपीओ निश्कासनको प्रस्ताव गरिए पनि विशेष साधारणसभाले १०० रुपैयाँ अंकित दरमै निश्कासन गर्नुपर्नेमा जोड दिएको थियो । यहीकारण धितोपत्र बोर्डमा आवेदन दिंदा पनि १०० रुपैयाँ दरमै आइपीओ निश्कासनको प्रस्ताव गरिएको देखिएको छ ।
यो उद्योगले विशेष साधारणसभाबाट ४ अर्ब ३० करोड रुपैयाँमा सीमित जारी पूँजीलाई बढाएर ४० अर्ब ४० करोड रुपैयाँ कायम गरेको थियो । यही संसोधित जारीपूँजीको कुल ४ करोड ४० लाख कित्तामध्ये ५२ लाख ८० हजार कित्ता सेयर आयोजना(उद्योग) प्रभावित क्षेत्र र सर्वसाधारणका लागि निश्कासन गर्ने प्रस्ताव गरिएको हो ।
शिवम सिमेन्टको उत्पादन युनिट मकवानपुरको हेटौडामा रहेको छ । ८ वर्षअघि स्थापित यो उद्योगले आफ्नै चुनढुंगा खानीबाट दैनिक १ हजार २ सय ५० टन सिमेन्ट उत्पादन गर्ने लक्ष्य लिएको छ । पछिल्लो समय शिवम्ले चीनको होङसी सिमेन्टसँग साझेदारी गरेर उत्पादन क्षमता वृद्धिको अन्तिम तयारीमा छ । यो पूरा भएपछि शिवम्ले दैनिक ६ हजार टन सिमेन्ट उत्पादन गर्न थाल्नेछ ।