काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

सभामुख चयनका लागि आज मनोनयन दर्ता

12.29K
shares

काठमाडौं । संघिय संसद अन्तरगत प्रतिनिधिसभाको सभामुख चयनका लागि आज मनोनयन दर्ता हुदैछ । आज बिहान १० बजेदेखि दिउँसो १ बजे सम्मका लागि मनोनयन दर्ताको समय दिइएको संसद सचिवालयका प्रबक्ता भरतराज गौतमले जानकारी दिनुभयो । निर्वाचन तालिका अनुसार भोलि बस्ने संसद बैठकमा सभामुख चयनका लागि निर्वाचन हुनेछ । सभामुखमा बाम गठबन्धनबाट माओवादी केन्द्रले उम्मेदवारी दिने तयारी छ । नेपाली कांग्रेसले भने उम्मेदवारी नदिने भएको छ । माओवादी केन्द्रले नेता कृष्णबहादुर महरालाई सभामुखमा बनाउने तयारी गरेको छ । बामगठबन्धनमा सभामुख माओवादी केन्द्रले पाउने सहमति भए अनुसार माओवादीले महरालाई बनाउने तयारी भएको हो । माओवादी केन्द्रले अहिले बिहान  बसि महरालाई सभामुखको उम्मेदवार बनाउने औपचारिक निर्णय गर्दैछ ।