global ime bank Long Banner Ad

गृहपृष्ठ लक्ष्मी बैंकको क्यास क्याक अफर, नयाँ खातामा निःशुल्क इबैंकिङ प्याकेज

लक्ष्मी बैंकको क्यास क्याक अफर, नयाँ खातामा निःशुल्क इबैंकिङ प्याकेज

लक्ष्मी बैंकको क्यास क्याक अफर, नयाँ खातामा निःशुल्क इबैंकिङ प्याकेज

काठमाडौं । भिजा कार्ड प्रयोगकर्ताका लागि लक्ष्मी बैंक लि।ले क्यास क्याक अफर ल्याएको छ । लक्ष्मी बैंकबाट भिजा कार्ड बनाएका सबै ग्राहकहरुले नेपाल तथा भारतमा कार्ड मार्फत अनलाइनरपीओएसबाट जुनसुकै किसिमको खरिदमा १० प्रतिशत वा १००० रुपैयाँसम्म रकम पुनः फिर्ता हुने क्यास क्याकको व्यवस्था गरिएको छ ।
यो व्यवस्था आइतबारदेखि कम्तिमा ३ पटकसम्म कार्ड प्रयोग गर्ने ग्राहकहरुले यो सुबिधा प्राप्त गर्न सक्नेछन् । यसका साथै बैकले यस अवधिभर खोलिने नयाँ खाताहरुमा इबैंकिङ प्याकेज अन्तर्गत एक हजार रुपैयाँसम्मको बैकिङ्ग सेवाहरु जस्तैः भिजा डेबिट कार्ड, मोबाइल मनि र इन्टरनेट बैकिङ्ग सेवा निःशुल्क उपलब्ध गराएको छ । उक्त सुबिधाले ग्राहकलाई सहुलियत दिनुका साथै नगद रहित डिजिटल पेमेन्टलाई समेत प्रवर्धन गर्नेछ भन्नेमा बैकले विश्वास लिएको छ ।

प्रकाशित समय : १३:३७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु