गृहपृष्ठ नेपाल मेडिसिटी हस्पिटलमा प्रभु बैंकका ग्राहकलाई १० प्रतिशत छुट
नेपाल मेडिसिटी हस्पिटलमा प्रभु बैंकका ग्राहकलाई १० प्रतिशत छुट
काठमाडौं । ललितपुरको नेपाल मेडिसिटी प्रभु बैंकका कर्मचारी तथा ग्राहकहरुलाई सेवा सुविधामा लाग्ने शुल्कमा छुट उपलब्ध गराउने भएको छ । प्रभु बैंक लिमिटेड र नेपाल मेडिसिटीबीच सम्बन्धी शुल्कमा छुट उपलब्ध सम्झौता सम्पन्न भएको छ । उक्त सम्झौतामा बैंकका तर्फबाट चिफ मार्केटिङ्ग अफिसर अशोक खड्गी र नेपाल मेडिसिटीका तर्फबाट महाप्रबन्धक बिजय रिमालले हस्ताक्षर गरेका छन् ।
उक्त सम्झौता बमोजिम प्रभु बैंकका कर्मचारी तथा बैंकका प्रिभिलेज कस्टुमर एवं डेविट तथा क्रेडिट कार्ड होल्डरहरुलाई नेपाल मेडिसिटीले प्रदान गर्ने सेवाहरुमा लाग्ने सेवा शुल्कमा १० प्रतिशतसम्म छुट सुविधा उपलब्ध हुनेछ ।
सम्झौता पश्चात् प्रभु बैंकका सम्पूर्ण कर्मचारी एवं बैंकका उल्लेखित ग्राहकहरु नेपाल मेडिसिटी ९अश्विन्स मेडिकल कलेज एण्ड हस्पिटल प्रा।लि।० को उच्चस्तरीय स्वास्थ्य सेवा सुपथ मुल्य उपभोग गरी लाभान्वित हुनुहुनेछ भन्ने बैंकले विश्वास लिएको छ ।
प्रकाशित समय : १४:०१ बजे

















