global ime bank Long Banner Ad

गृहपृष्ठ ट्याक्सी व्यवस्थापन गर्दै सरकारः अनलाइन सिस्टममा ल्याउने तयारी

ट्याक्सी व्यवस्थापन गर्दै सरकारः अनलाइन सिस्टममा ल्याउने तयारी

ट्याक्सी व्यवस्थापन गर्दै सरकारः अनलाइन सिस्टममा ल्याउने तयारी

काठमाडौं- यातायात क्षेत्रमा रहेको सिन्डिकेट खारेजपछि सरकारले अब ट्याक्सी व्यवस्थापन गर्ने भएको छ । यातायात क्षेत्रको सिन्डिकेट तोडिएपछि मनपरी भाडा असुल्ने गरेका ट्याक्सीलाई व्यवस्थापन गर्न सरकार छलफलमा जुटेको हो ।
यसअघि सरकारले नै ट्याक्सी व्यवस्थापन गर्न आनाकानी गरेको भन्दै सवत्र विरोध भएपछि सरकारले ट्याक्सीलाई व्यवस्थापन गर्न अध्ययन सुरु गरेको छ । ट्याक्सी सञ्चालनका लागि कस्तो मापदण्ड बनाइने भन्ने विषयमा मोडालिटीबारे अध्ययन भइरहेको यातायात व्यवस्था विभागले जनाएको छ । ट्याक्सीको नयाँ दर्ता खोल्नुअघि सञ्चालनको मापदण्ड कस्तो हुने र यसलाई कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा अध्ययन थालिएको विभागका प्रवक्ता तुल्सीराम अर्यालले बताए । उनले भने, ‘ट्याक्सीलाई व्यवस्थापन गर्ने विषयमा अध्ययन भइरहेको छ ।’
ट्याक्सीमा रहेको सिन्डिकेट हटाएर नयाँ दर्ता खुला गर्नेबारे मन्त्रालयसँग छलफल भइरहेको प्रवक्ता अर्यालको भनाइ छ । विभागले ट्याक्सीको न्यूनतम मापदण्ड अनिवार्य गर्दै छ ट्याक्सी व्यवसायीसँग विभागले पटकपटक छलफलका गरिसकेको छ । पहिले छलफलका लागि तयार नभएका व्यवसायीहरू अहिले भने छलफलमा सहभागी हुने गरेको विभागले जनाएको छ ।
विभागले ट्याक्सी व्यवसायीलाई अनलाइन जान, ट्याक्सी चालकका लागि पोसाकको व्यवस्था र मिटर बिलिङ तत्काल कार्यान्वय गर्न यसअघि नै निर्देशन दिइसकेको छ । तर, उपत्यकाका ट्याक्सी व्यवसायी मिटरमा हिँड्न चाहँदैनन् । सर्वसाधारणबाट बढी असुली गरिरहेका छन् । त्यसतर्फ सरकारको ध्यान पुग्न सकेको थिएन । ट्याक्सीमा ठगी गरेको गुनासो बढ्न थालेपछि विभाग ट्याक्सी व्यवस्थापनमा जुटेको हो ।
अहिले मुलुकभर करिब १५ हजारको हाराहारीमा ट्याक्सी सञ्चालित छन् । जसमध्ये काठमाडांैमा ७ हजार ५ सयको हाराहारीमा सञ्चालित रहेको विभागको भनाइ छ । सरकारले अन्य सार्वजनिक यातायातका सवारीसाधनको सिन्डिकेट खारेज गरे पनि ट्याक्सीमा रहेको सिन्डिकेट र मनोमानी हटाउन सकेको छैन । अहिले ट्याक्सीको नयाँ दर्ता विभागले गराएको छैन ।
विषेशगरी बाग्मती अञ्चलमा नयाँ ट्याक्सी दर्ता नहुँदा ट्याक्सीको सिन्डिकेट हावी भएको छ । विभागले १०७२ सालमा १ हजार ८ सय ट्याक्सीको दर्ता खुला गरेको थियो । त्यसैगरी, १२ वैशाख २०७२ मा भूकम्प गएपछि पीडितका लागि १ हजार ५ सयवटा नयाँ ट्याक्सी दर्ता खुला भएको विभागको भनाइ छ ।
टयाक्सीको नयाँ दर्ता नखुल्दा पुराना ट्याक्सी व्यवसायीको मनोमानी बढेको छ । ट्याक्सीको व्यवस्थापन भएपछि सबै समस्या समाधान हुने विभागले जनाएको छ । तर, ट्याक्सी व्यवस्थापन गर्न पनि केही समय लाग्ने विभागको भनाइ छ ।
ट्याक्सी सञ्चालन गर्न चाहने व्यवसायीहरूका लागि नयाँ दर्ता नखुल्दा र अरूबाट किन्नुपर्दा नम्बर प्लेटका लागि लाखौं रकम खर्चिनुपर्ने अवस्था छ । विभागले गत १८ चैतमा यातायात व्यवस्थापन कार्यविधि २०६० संशोधन गर्दै सार्वजनिक यातायातको क्षेत्रमा विगत २५ वर्षदेखि रहेको सिन्डिकेट खारेज गरेको थियो ।

प्रकाशित समय : १५:५० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु