global ime bank Long Banner Ad

गृहपृष्ठ कृषि उद्यम सम्मेलन सुरु

कृषि उद्यम सम्मेलन सुरु

कृषि उद्यम सम्मेलन सुरु

काठमाडौं- युवालाई कृषिमा आकर्षित गराउने उद्देश्यले आजदेखि काठमाडौंमा दुईदिने कृषि उद्यम सम्मेलन सुरु भएको छ । फोरएच नेपालले आयोजना गरेको सो सम्मेलनमा सबै जिल्लाका १६५ युवाको सहभागिता छ ।
युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले उक्त सम्मेलन सुभारम्भ गर्दै कृषिको परनिर्भरता कम गर्न युवाको आकर्षण बढाउनुपर्नेमा जोड दिए । गत वर्षदेखि सुरुवात भएकोे युवा आकर्षित कृषि जनचेतना कार्यक्रम यस वर्ष मुलुकका सबै जिल्लामा सञ्चालन गरिने आयोजक संस्थाका अध्यक्ष लोकराज अवस्थीले जानकारी दिए ।
पछिलोपटक वैदेशिक रोजगारबाट फर्किआएका युवा कृषिमा आकर्षित भए पनि स्वदेशमा रहेका युवाको पलायन नरोकिएका कारण खेतबारी बाँझो हुने क्रम रोकिएको छैन । आँगनबाट मकैको थांग्रो हराएको छ । चोयाको भकारी फाटेका छन् । काठको ढुकुटी कीराले धुजाधुजा पारेको छ । सोली, डाला र थुन्चे बुइँगलमा थन्किएका छन् भने कृषिको परनिर्भरता बढेर प्रतिमहिना अर्बभन्दा बढीको चामल आयात हुन थालेको छ ।
कृषिमा सरकारी अनुदानले युवालाई आकर्षित गर्न सकेको छैन । सरकारले कृषिको आधुनिकीकरण, व्यवसायीकरण तथा यान्त्रिकीकरणको कुरा गरिरहे पनि र कृषि कर्जाको ब्याजदर ६ प्रतिशत तोके पनि काम गर्न चाहने युवालाई सरल रूपमा वित्तीय संस्थाबाट कर्जा लगानी भएको पाइँदैन ।

प्रकाशित समय : १६:५१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु