काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

सैनामैनालाई अपाङ्गमैत्री नगर बनाउन पहल

18.04K
shares

बुुटवल- सैनामैन नगरपालिकालाई अपाङ्गमैत्री नगर बनाउनको लागि पहल थालनी गरिएको छ । राष्ट्रिय अपांग महासंघ बुटवल कार्यालयको पहलमा मंगलबार मुर्गियामा नगर प्रमुख, उप प्रमुख लगायत सम्पूर्ण वडा अध्यक्षहरु र विषयग कार्यालयहरुको सहभागीतामा संयुक्त बैठक सम्पन्न भयो ।
बैठकमा बोल्दै सैनामैना नगरपालिकाका प्रमुख चित्र बहादुर कार्कीले नगरपालिकामा बन्ने सरकारी कार्यालयहरुलाई अनिवार्य रुपमा अपाङ्गमैत्री बनाउने गरी नक्सा पास लगायतका कार्यहरु अगाडी बढाइएको जानकारी गराए । उनले अपाङ्गता भएका व्याक्तिहरुको सेवालाई लक्षित गरेर आगमी आर्थिक बर्षदेखि अपाङ्गता परिचय पत्र वितरणको कार्य अगाडी बाढाउने समेत जानकारी गराए । कार्यक्रममा नगर उपप्रमुख विना मगरले अपाङ्गता भएका व्याक्ति तथा त्यसमा पनि महिलाहरुको हकमा नरपालिकाले विशेष कार्यक्रम अगाडी बढाएको जानकारी दिईन् ।
कार्यक्रममा राष्ट्रिय अपाङ्ग महासंघ बुटवल कार्यालयकी अध्यक्ष कल्पना ढकालले अपाङ्गता भएका व्याक्तिहरुको हक अधिकार तथा स्थानिय सरकारले गर्नुपर्ने कार्यहरुको बारेमा कार्यपत्र प्रस्तुत गरिन् । कार्यक्रममा राष्ट्रिय अपाङ्ग महासंघ बुटवल कार्यालय संयोजक सावित्रा घिमिरे, महिला विकास शाखा प्रमुख उमा थापा, शिक्षा शाखा प्रमुख चन्द्रकान्त शर्मा, जनस्वाथ्य शाखा प्रमुख युवराज पाण्डे, कृषि विकास शाखा प्रमुख शाधुरण यादव, वडा नम्बर ९ का अध्यक्ष डोलराज भण्डारी, लागायतका अपाङ्गताको क्षेत्रका विषयमा आ आफ्नो धारणा राखे ।