गृहपृष्ठ स्वच्छ वातावरणमा बाँच्न पाउनु पर्छ : मन्त्री लालबाबु पण्डित
स्वच्छ वातावरणमा बाँच्न पाउनु पर्छ : मन्त्री लालबाबु पण्डित
काठमाडौं । जनसंख्या तथा वातावरण मन्त्री लालबाबु पण्डितले स्वच्छ वातावरणमा बाँच्न पाउने जनताको अधिकार कुण्ठित हुन नदिने बताएको छ । स्टार अस्पतालको १२ औं वार्षिकोत्सवको अवसरमा आज काठमाडौंको गरिएको कार्यक्रममा स्वास्थ्य संस्थाहरु वातावरण मैत्री हुनुपर्ने बताएका हो । स्वच्छ वातावरणबाटै मानिसको दिमाग पनि स्वच्छ हुने भन्दै त्यसमा आफू निरन्तर क्रियाशील हुने प्रतिबद्धता व्यक्त गरे ।
स्टार अस्पतालका कार्यकारी निर्देशक डाक्टर सन्देश जीसीले अस्पतालले वातावरणमैत्री रुपमा आफ्नो काम अगाडि बढाएको बताए । अस्पतालको वार्षिकोत्सवका अवसरमा निःशुल्क स्वास्थ्य शिविरसहित औषधि वितरण गरिनुका साथै अस्पतालले साइकल ¥याली पनि निकालेको छ । राम्रो वातावरण राम्रो स्वास्थ्य भन्ने नाराका साथ निकालिएको वातावरणमैत्री ¥याली काठमाडौका बिभिन्न ठाउँको परिक्रमापछि कीर्तिपुरको पांगामा पुगेर समापन गरिएको थियो ।
प्रकाशित समय : १९:३४ बजे


















