गृहपृष्ठ ५ युवा गायक राजिव लामाको टोकीयो शहरमा चाडै बजारमा
५ युवा गायक राजिव लामाको टोकीयो शहरमा चाडै बजारमा

काठमाडौं । कला र संगित भने पछि हुरुक्कै हुने राजिव लामा बिगत १२ बर्षदेखि जापानमा बस्दै आएका छन् । जापानमा बसे पनिे नेपाल मोह भने असाध्यै छ । कला र संगित बाहेक उन्ले जापानमा बसेर नेपालको समाजिक काममा पनि योगदान पु¥याएका छन् । गित, संगित भने पछि मरिहत्ते गर्छन् उनी । जापानमा बसेर पनि नेपाली संगितलाई निरन्तरता दिएका छन् । जापानमा बसेका नेपालीहरुलाई नेपालको संगितप्रतिको तृष्णा मेटाई दिने गरेका छन् । बिभिन्न कार्यक्रममा उनले जापानमा नेपाली संगित प्रस्तुत गर्छन् । जापानमा हुने जुनसुकै साँस्कृतिक कार्यक्रममा उन्को माग बढेको छ । उन्ले साँगितिक कार्यक्रमको माहोल तताउने मात्र हैन लोकप्रिय गित मार्फत आफ्नो लोकप्रियता पनि बढाएकाछन् । नेपालमा जन्मिएर जापानलाई कर्मथलो बनाउदै आएका युवा गायक राजिव लामाले आफ्नो एक पछि अर्को म्यूजिक एल्बमको सफलतापछि नयाँ नयाँ एल्बम निकाल्न जोशिएकाछन् । म्युजिक भिडियो वान लभको लोकप्रियता बढेसंगै अर्को म्युजिक भिडियो टोकीयो शहरमा पनि छिट्टै बजारमा ल्याउने भएका छन् । गितबाट सामाजिक, साँस्कृतिक परिर्वतन र मनोरञ्जन प्राप्त हुने उन्को बिश्वास छ । लामाले आधुनिक, पप गितमा रुचि राख्छन् । टोक्यो शहरमा भन्ने बोलको गित उन्को साँझ बिहान भएको छ । यसको सम्पूर्ण रेकर्डिङ सकिएको छ भने भिडियो सुटिङ पनि जापानको बिभिन्न शहरमा भएको छ । उन्ले वान लभ पछि टोक्यो शहरमा भन्ने बोलको गित र गितको भिडियो पनि त्यति नै लोकप्रिय हुने बताए । यसको निर्देशन नेपालका चर्चित म्युजिक प्रोडुसर तथा म्युजिक भिडियो डाईरेक्टर युवा निर्देशक बिशेष पाण्डेले गरेकाछन् । आधुनिक प्रविधिबाट जापानको बिभिन्न शहरमा सुटिङ गरीएको युवा गायक राजिब लामाले जानकारी दिएकाछन् । छोटो समयमै सांगितिक फाँटमो उचाई प्राप्त गरेकाछन् । भने हलिउड र बलिउडसम्म पुुग्ने योजना बनाएकाछन् । खुल्ला दिलका लामाले नेपालमा आएर आफ्नो एल्बम बिमोचन गर्ने जनाएका छन भने । नेपालमा आएर बेजोडको साँगितिक प्रस्तुति दिने तयारी गरेका छन् ।
प्रकाशित समय : १९:४७ बजे