गृहपृष्ठ नेपालमा सार्क राष्ट्रका उद्योगी व्यवसायीहरुको सम्मेलन हुने
नेपालमा सार्क राष्ट्रका उद्योगी व्यवसायीहरुको सम्मेलन हुने

काठमाडौं । सार्क राष्ट्रका उद्योगी व्यवसायीहरुको छैटौँ सम्मेलन सार्क ‘विजनेश लिडर्स कनक्लेभ’ नेपालमा हुने भएको छ। सार्क चेम्वर अफ कमर्शको आयोजनामा आगामी चैत २,३ र ४ गते नेपालमा सम्मेलन गर्न लागिएको हो। पाकिस्तानमा सम्मेलन आयोजना गर्ने तयारी गरिए पनि नहुने भएपछि नेपालमा गर्न लागिएको हो।
अध्यक्ष वैद्यको पहलमा नै नेपालमा हुने भएको जानकारी सार्क चेम्मवर अफका उपाध्यक्ष ओम राजभण्डारीले दिए । सोमबार तीन दिनसम्म चल्ने सम्मेलनमा सार्क क्षेत्रको साझा सम्वृद्धि सार्क देशहरुमा व्यापार र लगानी प्रवर्द्धन, आर्थिक र राजनीतिक संकट, विश्व अर्थव्यवस्थामा सार्कको भूमिका, उर्जा र सहकारी क्षेत्रमा सार्कमा भएको सफलता र आगामी कार्यदिशा लगायतका विषयमा छलफल गरिने कार्यक्रम रहेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले सम्मेलनको उदघाटन गर्ने कार्यक्रम रहेको छ।
दोस्रो दिन विभिन्न सातवटा विषयमा समानान्तर प्यानल छलफल र तेस्रो दिन पाँच वटा विषयमा प्यानल छलफल गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ। सम्मेलनमा ५० जना प्रतिष्ठित वक्ताहरुको सहभागिता सुनिश्चित भएको आयोजकले जनाएको छ। त्यस्तै उपस्थतिको लागि २०० र्साक राष्ट्रका प्रतिनिधिहरु, निजी क्षेत्र, प्राज्ञिक व्यक्तित्वहरु तथा सञ्चारमाध्यमको सहभागिता रहने बताइएको छ। सार्क राष्ट्रका व्यवसायीको छैटौं सम्मेलन हुनथाल्दा यो सँगै नेपालले दोस्रो पटक सम्मेलनको आयोजना गर्दैछ। यसअघि सन् २०११ मा पनि नेपालमा सम्मेलन गरिएको थियो। अध्यक्ष वैद्यको पहलमा नेपालमा गर्न थालिएको सार्क चेम्मवर अफ उपाध्यक्ष ओम राजभण्डारीले बताए। सार्क चेम्वरका अध्यक्ष सुरज वैद्यले यो सम्मेलनको नेपालले भरपुर फाइदा उठाउनु पर्ने बताए। उनले सार्क क्षेत्रका सर्वसाधरण र व्यावसायिहरुले सार्कको सर्वोच्च संस्थारुपमा रहेको सार्क चेम्बरबाट धेरै आश गरेता पनि सोही राजनीतिक किचलोको कारण सोही अनुसार काम हुन नकसकेको बताए। विश्वमा सबैभन्दा ठूलो सम्भावना भएको बजार दक्षिण एसिया भएको भन्दै वैद्यले अबको १०र१२ वर्ष सार्क क्षेत्रमा लागि विस्तारको लागि उपयुक्त र स्वर्णिम समय हुने बताए। उद्योग, वाणिज्य तथा आपूर्ति तथा उद्योग मन्त्रालयका सहसचिव रविशंकर सैजुले यो सम्मेलन नेपालको परिवर्तित अवस्था र नीति नियमको विषयमा जानकारी गराउनु सहयोग पुग्ने बताए। उनले निजी क्षत्रले गर्ने हरेक क्रियाकलापमा सरकारको सहयोग रहने बताए।
प्रकाशित समय : ०२:१४ बजे