global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ शैक्षिक ऋण उपलब्ध गराउन विद्यार्थी संगठनको माग

शैक्षिक ऋण उपलब्ध गराउन विद्यार्थी संगठनको माग

शैक्षिक ऋण उपलब्ध गराउन विद्यार्थी संगठनको माग

काठमाडौं । अनेरास्ववियु, नेविसंघ र अनेरास्ववियु क्रािन्तकारीले संयुक्तरुपमा त्रिभुवन विश्वविद्यालयलगायत विश्वविद्यालयमा समेत स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको मिति घोषणा गर्न माग गरेका छन् । तीनवटै संगठनका अध्यक्षले शनिबार जारी गरेको विज्ञप्तिमा यसअघि त्रिभुवन विश्वविद्यालयमा मात्रै हुँदै आएको सो निर्वाचन अन्य शैक्षिक स्थलमा पनि गर्न माग गरिएको छ ।
विसं २०७२ मा त्रिभुवन विश्वविद्यालयका केही कलेजमा निर्वाचन सम्पन्न भएको थियो भने आन्तरिक संगठनको विवादका कारण केहीमा हुन सकेको थिएन । संविधानमा व्यवस्था गरिएअनुसार आधारभूत तथा माध्यामिक तहसम्म निःशुल्क शिक्षाको व्यवस्था गर्न माग गर्दै शिक्षा क्षेत्रको समग्र पुनः संरचनाका लागि बजेटको २० प्रतिशत लगानी गर्न आग्रह गरिएको छ ।
अनेरास्ववियुका अध्यक्ष नवीना लामा, नेविसंघका अध्यक्ष नैनसिंह महर र अनेरास्ववियु क्रािन्तकारीका अध्यक्ष रञ्जित तामाङले दस्तखत गरी जारी गरिएको विज्ञप्तिमा विद्यार्थीले हासिल गरेको प्रमाणपत्र धितो राखेर शैक्षिक ऋण उपलब्ध गराउनुपर्ने माग गरिएको हो । चर्को शुल्क लिने निजी विद्यालयलाई छानबिन गर्न अधिकार सम्पन्न अनुगमन समिति गठन गर्न बैठकले सरकारलाई ध्यानाकर्षण गराइएको छ ।
भूकम्पले ध्वस्त भएका विद्यालय, दरबार हाइस्कुल लगायत ऐतिहासिक महत्वको शैक्षिकस्थल द्रुत गतिमा पुनःनिर्माणका लागि माग गरिएको छ । पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त ओएसिसी मेडिकल कलेजका विद्यार्थीलाई नर्सिङ काउन्सिलको परीक्षा दिने वातावरण मिलाउन विज्ञप्तिमा आग्रह गरिएको छ ।

प्रकाशित समय : २०:३५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु