global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ जन्मिनेबित्तिकै जन्मदर्ता

जन्मिनेबित्तिकै जन्मदर्ता

जन्मिनेबित्तिकै जन्मदर्ता

बुटवल– रुपन्देहीको देवदह नगरपालिका क्षेत्रमा रहेका स्वास्थ्य चौकीमा नवजात शिशुको जन्मेकै दिन जन्मदर्ता गर्न सुरु गरिएको छ । स्थानीय तहमा रहेका स्वास्थ्य संस्था र अस्पतालमा नवजात शिसुको जन्मेकै दिनमा जन्मदर्ता गर्ने केन्द्रीय पञ्जीकरण विभागको कार्यक्रमअन्तर्गत अभियान सुरु गरिएको हो । केरवानी स्वास्थ्य चौकी र देवदह स्वास्थ्य चौकीमा अभियान सञ्चालनको सुरुवात गरिएको छ । केन्द्रीय पञ्जीकरण विभागले स्थानीय तहमा सुत्केरी सेवा भएका स्वास्थ्य संस्थामा जन्मेको दिन नै नवजात शिशुको जन्मदर्ता गर्ने कार्यक्रम अघि बढाएको छ ।

प्रकाशित समय : २२:०८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु