global ime bank Long Banner Ad

गृहपृष्ठ सांसदहरूको सुझाव- कार्यान्वयन गर्न सकिने बजेट ल्याऊ

सांसदहरूको सुझाव- कार्यान्वयन गर्न सकिने बजेट ल्याऊ

सांसदहरूको  सुझाव- कार्यान्वयन गर्न सकिने बजेट ल्याऊ

काठमाडौं– पूर्वअर्थमन्त्री एवं सांसदहरूले आगामी आर्थिक २०७५/७६ को बजेट कार्यान्वयन गर्न सकिने खालको ल्याउन सुझाव दिएका छन् । विनियोजन विधेयकमा सिद्धान्त तथा प्राथमिकता (प्रि-बजेट) माथि छलफल गर्दै उनीहरुले सस्तो लोकप्रियताका लागि अव्यावहारिक बजेट नल्याउन सुझाव दिए ।

पूर्वअर्थमन्त्री एवं एमाले सांसद विष्णुप्रसाद पौडेलले नेपाली जनताको आत्मबल बढाउने र आर्थिक समृद्धिको आधार तयार पार्नेखालको बजेट ल्याउन सरकारलाई सुझाव दिए । ‘आर्थिक समृद्धिको नाराको व्यावहारिक कार्यान्वयन गर्ने खालको बजेट ल्याउन जरुरी छ,’ उनले भने, ‘संसदमा प्रस्तुत विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामा प्रभावकारी र व्यावहारिक विषय समेटिएकाले त्यसलाई मूर्त रुप दिने बजेट आउनुपर्छ ।’

माओवादी केन्द्रका सांसद जनार्दन शर्माले बजेट कार्यान्वयनमा ढिलासुस्ती गर्ने प्रवृत्तिको निरुत्साहन गर्नुपर्नेमा जोड दिए । नेताले भाषणमात्रै गर्ने, किसानले खेती नगर्ने, कर्मचारीले काम नगर्ने प्रवृत्तिविरुद्ध जागृति अभियान चलाउनुपर्ने पूर्वमन्त्री एवं सांसद शर्माले बताए । उनले ठूला कार्यक्रमलाई यथेष्ट बजेट उपलब्ध विनियोजन गर्न सुझाव दिए ।

त्यस्तै, कांग्रेस नेता दिलेन्द्रप्रसाद बडूले शिक्षा क्षेत्रमा ३० प्रतिशत बजेट विनियोजन गर्न सरकारको ध्यानाकर्षण गराए । कांग्रेस नेता प्रदीप गिरीले रोजगार र सामाजिक सुरक्षाको विषयलाई प्राथमिकतामा राखेर बजेट ल्याउन सुझाव दिए । त्यस्तै, एमालेका सांसद भानुभक्त ढकालले समाजवादी अर्थव्यवस्थाको आधार तयार पार्नेखालको बजेट ल्याउनुपर्ने बताए ।

प्रकाशित समय : २२:३७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु