global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ ब्याजदर बढ्दा जलविद्युत लगानी तथा विकास कम्पनीलार्इ फाइदा

ब्याजदर बढ्दा जलविद्युत लगानी तथा विकास कम्पनीलार्इ फाइदा

ब्याजदर बढ्दा जलविद्युत लगानी तथा विकास कम्पनीलार्इ फाइदा

काठमाडौं- बैंकहरुले निक्षेपको ब्याजदर बढाउँदा सरकारी स्वामित्वको जलविद्युत लगानी तथा विकास कम्पनी लिमिटेडलाई फाइदा भएको छ । अर्बौं रुपैयाँ बैंकमा निक्षेप राखेको जलविद्युत लगानी तथा विकास कम्पनीलार्इ ब्याजदर बढेपछि ठूलो मात्रामा फाइदा हुने भएको हो ।

सरकारले जलविद्युतमा लगानी गर्न स्थापना गरेको भए पनि कम्पनीले बैंकमा निक्षेप राखेर ब्याज आम्दानी गरिरहेको छ । ब्याजदर बढ्दा चालू आर्थिक वर्षमा कम्पनीले ६२ करोड ५५ लाख रुपैयाँ खुदनाफा गरेको छ । गत आवको सोही अवधिमा कम्पनीले ४१ करोड ६६ लाख रुपैयाँमात्र नाफा गरेको थियो । निक्षेप र कर्जाको ब्याजदर बढेपछि कम्पनीको नाफामा बढेत्तरी भएको हो । बैंकहरुले मुद्धति निक्षेपको ब्याजदर बढाएर १३ प्रतिशतसम्म पुगेको थियो । बैंकले अहिले साधारण वचतमा ८ र मुद्धतिमा ११ प्रतिशतसम्म ब्याज दिँदै आएका छन् । जलविद्युत आयोजनामा गरेको लगानीबाट भने कम्पनीले ७ करोड ९० लाख रुपैयाँ ब्याज आम्दानी गरेको छ ।

प्रकाशित समय : २२:४९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु