काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

बुटवल उपमहानगर कर्मचारी कार्यालय खाली बनाएर देश विदेश भ्रमणमा

14.78K
shares

बुटवल- प्रमुख प्रशासकिय अधिकृत सहित बुटवल उपमहानगरपालीकामा कार्यरत डेढ दर्जन बढि कर्मचारीहरु एकै पटक देश बिदेश भ्रमणमा निस्किएका छन् । कर्मचारीहरु देशभित्रै र देश बाहिरको भ्रमणमा निस्कँदा आफुहरुले सेवा पाउनमा कठिन भएको सेवाग्राहीकाे गुनासो छ ।
प्रमुख प्रशासकिय अधिकृत राजन कुमार बिसीको नेतृत्वमा ईन्जिनियर गौतम रौनियार सहितको टोली बिपद ब्यबस्थापन सम्बन्धि तालिमको लागि चीन पुगेको ३ हप्ता भैसकेको छ ।
उपमहानगरका प्रमुख प्रशासकिय अधिकृत, बरिष्ठ अधिकृत, बरिष्ठ ईन्जिनियर, शाखा अधिकृत, लेखापाल, नायव सुब्वा, खरिदार र कार्यालय सहयोगी समेत गरि १८ जनाको टोली देश बिदेशको भ्रमणमा निस्केका छन् ।
बरिष्ठ अधिकृत दामोदर ज्ञवालीको नेतृत्वमा जेष्ठ नागरिकहरुलाई घुमाउने भन्दै एक टोली पाल्पादेखि पोखरासम्मको भ्रमणमा निस्केका छन । अर्का बरिष्ठ अधिकृत बिजयदेव भुर्तेल नेतृत्वको एक टोली नगर भित्रका टोल बिकास संस्थाका पदाधिकारी तथा सदस्यहरुलाई सौराह, गोरखा लगाएतका स्थानमा भ्रमणमा छन् । साथै नगरपालीका कर्मचारी एसोसियसनका अगुवाहरु सितु प्रसाद श्रेष्ठ र ठगिश्वर पौडेल नेतृत्वमा १५ जनाको जम्बो टोली रारा तालको अवलोकन भ्रमणका लागि पुगेका छन् ।